Sunday, May 19Nepal News Portal
Shadow

अमेरिकी डलरको मूल्य स्थिर हुँदा बढ्यो युरो



काठमाडौं । आज सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ।

हिजो एकको खरिददर १३३ रूपैयाँ १८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७८ पैसामा कारोबार भएको अमेरिकी डलर आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ३० पैसा र बिक्रीदर १४३ रूपैयाँ ९५ पैसा तोकिएको छ।

आइतबार युरो एकको खरिददर १४३ रूपैयाँ १४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा बढेको हो।

अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४३ पैसा तोकिएको छ।

त्यसैगरी, सोमबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७५ पैसा पाइन्छ।

कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ १० पैसा र बिक्रीमा २८ रूपैयाँ २२ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ३४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ८५ पैसा तोकिएको छ।

 

Total Page Visits: 62 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्