Friday, May 10Nepal News Portal
Shadow

अपि पावरको हकप्रद बिक्री खुल्ला


काठमाडौं । अपि पावर कम्पनीले जेठ २० गते (आज) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजीको २९.३८ प्रतिशत अर्थात १ः ०.२९३८ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।

एक अर्ब ९२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी भएको कम्पनीले एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता अर्थात ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो ।

उक्त हकप्रद शेयर निष्काशन आज देखि असार ९ गतेसम्म बिक्री खुला हुने छ । यससँगै योग्य शेयरधनीले आजेदेखि असार ९ गते बैंकिङ्ग समयभित्रमा आवेदन दिन सक्ने छन् । उनीहरूले मेरो शेयर मार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर जारी गर्ने प्रयोजनको लागि कम्पनीले गत बैशाख २९ गते बुक क्लोज गरेको थियो । यससँगै गत बैशाख २८ गतेसम्म कायम शेयरधनी मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य हुने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

 

Total Page Visits: 478 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्