Saturday, May 11Nepal News Portal
Shadow

नेप्सेमा ३.६१ अंकको गिरावट, दुई अर्ब ९ करोडको कारोबार


काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सामान्य अंकले घटेर बन्द भएको छ । सोमबार नेप्से ३.६१ अंकले घटेर दुई हजार ७७.२४ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब ९ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड रहेको छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६.४६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्यारेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Total Page Visits: 143 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्