Sunday, May 19Nepal News Portal
Shadow

नेपाल–चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सम्पन्न



काठमाडौं। १७औं नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सम्पन्न भएको छ। नेपाल सरकार र तिब्बतको वाणिज्य विभागबीच १९९० मा सम्पन्न दुई देशका सरकारहरुको बीच भएको सम्झौता अनुसार प्रत्येक दुई वर्षमा नेपाल र तिब्बतमा आलोपालो हुने गरी आर्थिक तथा व्यापार मेला आयोजना हुने गरेको छ।

उक्त सम्झौताअनुसार यसपटक नेपालले काठमाडौंको भृकुटीमण्डमा वैशाख १७ गतेबाट वैशाख २१ गतेसम्म मेला आयोजना गरेको थियो। मेलाको उद्घाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लङफुकुआनबाट भएको थियो।

प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र भण्डारीसँग शिष्टाचार भेट गरेको थियो। उक्त अवसरमा दुई देशको आर्थिक सम्बन्ध अझ मजुबत बनाउने विषयमा विचार आदानप्रदान गरिएको मन्त्रालयले बताएको छ। उक्त प्रतिनिधिमण्डले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको भ्रमण गरी आपसी व्यापारिक सम्बन्ध अभिवृद्धिबारे छलफल पनि गरेको थियो।

मेलामा चीनको स्वशासित क्षेत्र तिब्बतका तर्फबाट ५० वटा स्टलहरुमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरणहरु, घरायशी प्रयोगका साधनहरु, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामानहरु, परम्परागत धुप, दुईपाँग्रे र तीन पाँग्रे र चार पाँग्रे विद्युतीय सवारी साधान, सौन्दर्य प्रशाधनहरु प्रदर्शनी हुनुका साथै विभिन्न व्यापारिक कम्पनीको सहभागिता थियो।

नेपालको तर्फबाट १५ ओटा स्टलहरुमा जडीबुटी, कफी, चिया, हस्तकला÷काष्ठकला, धातुकला, कार्पेट, पश्मिना लगायतका उत्पादनहरु प्रदर्शन गरिएका थिए। मेलाको अवसरमा नेपाल र चीनका व्यवासायीहरुबीच बिटुबीलगायतका व्यावसायिक छलफलको आयोजनासमेत भएको थियो। यस मेलाको करिब २५ हजार जनाले अवलोकन गरेका थिए।

Total Page Visits: 83 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्