Monday, May 6Nepal News Portal
Shadow

बीमा

महालक्ष्मी लाइफको बीमा शुल्क आर्जन सत प्रतिशतले सुधार

महालक्ष्मी लाइफको बीमा शुल्क आर्जन सत प्रतिशतले सुधार

बीमा
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको सम्मको अवधिमा ९९.५१ प्रतिशतले बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ७८ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । बीमा शुल्क आर्जन भएसँगै जारी भएको बीमालेखको संख्या पनि १६२ प्रतिशतले बढेको छ । तेस्रो त्रैमासिक अवधिसम्ममा कम्पनीले २३ हजार २१९ वटा जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । जीवन बीमा व्यवसाय विस्तार सँगै यस वर्ष दाबी भुक्तानी पनि बढेको छ । गत वर्षको यहि अवधिमा तीन वटा पोलिसीमा मात्रै दाबी परेकोमा यस वर्ष ७ वटा पोलिसीको मृत्यु दाबी भुक्तानी गर्नु परेको छ । कम्पनीले ९ महिनाको अवधिमा २ करोड ८२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले आफ्नो जीवन बीमा कोष १७१ प्रतिशतले बढा...
गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब भन्दा माथि

गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब भन्दा माथि

बीमा
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब १ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी भएको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १२२.७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ६२ करोड ६४ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जा लगानी गरी ६ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ । इन्स्योरेन्सको खुद नाफा पनि २४.५१ प्रतिशतले बढेर १० करोड ४२ लाख रुपैयाँ पुगेको छ । यो बीमांकिय मूल्यांकन अघिको नाफा हो । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी एक अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५२ करोड ३१ लाख रुपैयाँ, जीवन बीमा ...
क्रस होल्डिङलाई दुई वर्ष भित्र बिक्रि गर्न बीमा समितिको निर्देशन

क्रस होल्डिङलाई दुई वर्ष भित्र बिक्रि गर्न बीमा समितिको निर्देशन

बीमा
काठमाडौं । बीमा समितिले एकै समूहले सिमा भन्दा बढि लगानी गरेका संस्थापक समूहका शेयरधनीहरुलाई दुई वर्ष भित्र बिक्री गर्न निर्देशन दिएको छ । समितिले बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ जारी गर्दै उक्त निर्देशिकाको दफा १५ मा सिमा भन्दा बढि क्रस होल्डिङ भएका लगानीकर्तालाई दुई वर्षको समय दिइएको हो । यस निर्देशिकामा एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकहरुले आपसमा प्रति हिस्सेदार ‘क्रसहोल्डिङ’ हुने गरी संस्थापक शेयरमा लगानी भएको तथा एकै समूह वा व्यक्तिले एक वा सो भन्दा बढि एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकमा सीमा भन्दा बढि लगानी गरेको रहेछ भने सो सिमा भन्दा बढि लगानी गरेको संस्थापक समूहको शेयर दुई वर्ष भित्र बिक्री गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । सिमा भन्दा बढि क्रस होल्डिङ भएका शेयरधनीले नियम अनुसार बिक्री नगरेसम्म संस्थापक शेयरधारकले त्यस्ता बीमिकबाट वितरण हुने नगद लाभांस...
नेपाल इन्स्योरेन्स कम्पनीको नाफा १७ करोड रुपैयाँ

नेपाल इन्स्योरेन्स कम्पनीको नाफा १७ करोड रुपैयाँ

बीमा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा १७ करोड १८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २६.८८ प्रतिशतले मुनाफा कमाउन सफल भएको हो । तेस्रो त्रैमासिक अवधिमा कम्पनीले कुल बीमा शुल्क आर्जन १२ प्रतिशतले बढाएको छ भने खुद बीमा शुल्क आर्जन ३५.२८ ले बढाउन सफल भएको छ । चैत मसान्तसम्ममा कम्पनीले ९६ करोड ८४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन भने ५८ करोड १८ लाख रुपैयाँ छ । पुनर्बीमा कमिसन बापत हुने आम्दानी ६.२१ प्रतिशतले खुम्चिएको छ । चैत मसान्तसम्ममा यस्तो आर्जन ११ करोड ५० लाख रुपैयाँ मात्रै छ । विभिन्न क्षेत्रमा गरिएको कर्जा तथा लगानी बापत ६ करोड ६२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । खुद दाबी भुक्तानी ८० प्रतिशतले बढेको छ । कम्पनीले ९ महिनाको अवधिमा १७ करोड ६८ लाख रुपैयाँको दाबी भुक्त...
आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा ७५ प्रतिशतले वृद्धि

आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा ७५ प्रतिशतले वृद्धि

बीमा
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७५.६३ प्रतिशतले बढी भएको हो । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १० करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ४२.८९ प्रतिशतले बढेर ५१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३६ करोड २७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले पुनर्बीमा कमिशन वापत १३ करोड ६५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ४ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ र बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २३ रुपैयाँ २४...
हिमालय जनरल इन्स्योरेन्सले २६ बैशाख देखि अभिकर्ता तालिम संचालन गर्दै

हिमालय जनरल इन्स्योरेन्सले २६ बैशाख देखि अभिकर्ता तालिम संचालन गर्दै

बीमा
काठमाडौं । हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । कम्पनीले यही बैशाख २६ गतेबाट ३० गतेसम्म ५ दिने अभिकर्ता तालिम संचालन गर्न लागेको हो । बैशाख २० गते सम्म आवेदन दिएका कम्तिमा एसएलसीर एसइई उत्तीर्ण इच्छुक नेपाली नागरिकले अभिकर्ता तालिममा सहभागी हुन सक्ने छन् । कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि भर्च्युअल माद्यम मार्फत अभिकर्ता तालिम दिन लागेको हो ।...
प्रुडेन्सियल इन्स्योरेन्सले खुद नाफा ४० प्रतिशतले बढ्यो

प्रुडेन्सियल इन्स्योरेन्सले खुद नाफा ४० प्रतिशतले बढ्यो

बीमा
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले तेस्रो त्रैमासमा नाफामा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा ४०.५० प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको चैत सम्ममा इन्स्योरेन्सले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४०.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ६०.२१ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३० करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड १४ लाख रुपैयाँ, बीमा कोषमा ६० करोड ५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेछ ...
जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित

बीमा, शेयर बजार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । वैशाख २४ गते बसेको संचालक समितिको बैठकले वैशाख २६ गते हुने तेस्रो साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि सञ्चालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरेको कम्पनीले जनाएको छ ।...
तेस्रो त्रैमासमा यूनाइटेड इन्स्योरेन्सको नाफा ३३५ प्रतिशतले वृद्धि

तेस्रो त्रैमासमा यूनाइटेड इन्स्योरेन्सको नाफा ३३५ प्रतिशतले वृद्धि

बीमा
काठमाडौं । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको नाफा ३३५ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा १ करोड २१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा नाफा वृद्धि गरेर ५ करोड २७ लाख ५७ हजार पुर्‍याएको हो । त्यस्तै चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा २०४ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ३ करोड २२ लाख रुपैयाँ आम्दानी गरेकोमा चालू आवको तेस्रो त्रैमासमा आम्दानी वृद्धि भएर ९ करोड ८२ लाख रुपैयाँ पुगेको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८७ करोड ८६ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ५१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ रहेको छ भने कम्...