Sunday, May 19Nepal News Portal
Shadow

आइएमई जनरल इन्स्योरेन्सको खुद नाफा ७५ प्रतिशतले वृद्धि


काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ७५.६३ प्रतिशतले बढी भएको हो ।

गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १० करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ४२.८९ प्रतिशतले बढेर ५१ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३६ करोड २७ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले पुनर्बीमा कमिशन वापत १३ करोड ६५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ४ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब ८ करोड रुपैयाँ रहेको जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ र बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक २३ रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात ५४.०९ गुणा बढी छ ।

कम्पनीले यस अवधिमा १ लाख २ हजार २७१ वटा बीमालेख जारी गरी १ अर्ब १४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ३ हजार ८६७ वटा कुल दाबी बापत ६० करोड २८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार १७८ वटा दाबी बापत ६३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Total Page Visits: 591 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्