Sunday, May 19Nepal News Portal
Shadow

जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । वैशाख २४ गते बसेको संचालक समितिको बैठकले वैशाख २६ गते हुने तेस्रो साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि सञ्चालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरेको कम्पनीले जनाएको छ ।

Total Page Visits: 1368 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्