Sunday, May 19Nepal News Portal
Shadow

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो


काठमाडौं, २३ कार्तिक (ससं) । पछिल्लो २४ घण्टामा विश्वमा पाँच लाख ८७ हजार ८५२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या पाँच करोड नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड दुई लाख ५४ हजार ३७१ र मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ५३७ पुगेको छ। गत २४ घण्टामा सात हजार ३४५ जनाको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख १९ हजार १४५ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार २१ जनाले ज्यान गुमाएका हुन्।

फ्रान्समा ८६ हजार ८५२ नयाँ संक्रमित थपिएका छन् भने ३०४जनाको मृत्यु भएको छ। भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ३१८ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

Total Page Visits: 878 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्