Sunday, May 19Nepal News Portal
Shadow

हिमालय जनरल इन्स्योरेन्सले २६ बैशाख देखि अभिकर्ता तालिम संचालन गर्दै


काठमाडौं । हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ । कम्पनीले यही बैशाख २६ गतेबाट ३० गतेसम्म ५ दिने अभिकर्ता तालिम संचालन गर्न लागेको हो ।
बैशाख २० गते सम्म आवेदन दिएका कम्तिमा एसएलसीर एसइई उत्तीर्ण इच्छुक नेपाली नागरिकले अभिकर्ता तालिममा सहभागी हुन सक्ने छन् ।
कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो जटिल अवस्थामा पनि अवसर प्रदान गर्ने हेतुले कम्पनीले प्रविधिको पहुँच भएका र अभिकर्ता बन्ने इच्छा हुनेहरुका लागि भर्च्युअल माद्यम मार्फत अभिकर्ता तालिम दिन लागेको हो ।

Total Page Visits: 988 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्