Sunday, May 19Nepal News Portal
Shadow

तेस्रो त्रैमासमा यूनाइटेड इन्स्योरेन्सको नाफा ३३५ प्रतिशतले वृद्धि


काठमाडौं । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको नाफा ३३५ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा १ करोड २१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा नाफा वृद्धि गरेर ५ करोड २७ लाख ५७ हजार पुर्‍याएको हो ।

त्यस्तै चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा २०४ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा ३ करोड २२ लाख रुपैयाँ आम्दानी गरेकोमा चालू आवको तेस्रो त्रैमासमा आम्दानी वृद्धि भएर ९ करोड ८२ लाख रुपैयाँ पुगेको हो ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८७ करोड ८६ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ५१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ रहेको छ भने कम्पनीले जगेडामा ११ करोड १८ लाख ७२ हजार रुपैयाँ सञ्चित गरेको छ ।

Total Page Visits: 438 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्