Sunday, May 19Nepal News Portal
Shadow

प्रुडेन्सियल इन्स्योरेन्सले खुद नाफा ४० प्रतिशतले बढ्यो


काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले तेस्रो त्रैमासमा नाफामा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा ४०.५० प्रतिशतले बढेको हो ।

चालू आर्थिक वर्षको चैत सम्ममा इन्स्योरेन्सले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४०.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ६०.२१ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३० करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड १४ लाख रुपैयाँ, बीमा कोषमा ६० करोड ५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेछ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५४ पैसा र प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ३ पैसा रहेको छ ।

Total Page Visits: 819 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्