Sunday, May 19Nepal News Portal
Shadow

सहुलियतपूर्ण कर्जाको फाइदा वास्तविक कृषकहरुले उपभोग गर्न सक्नुपर्छ : गभर्नर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्यले दिएको सहुलियत वास्तविक किसानले लिन सक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं वार्षिकोत्सवमा बोल्दै गभर्नर अधिकारीले राज्यले दिएको सहुलियतलाई वास्तविक कृषकमाझ पुर्याउँन आवश्यक रहेको बताएका हुन् ।

उनले यस्ता वित्तीय संस्थाबाट दिइने सहुलियत व्याजको उपभोग गर्न पनि सबैलाई आग्रह गरेका छन् । लघुवित्तले देशको वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै गभर्नर अधिकारीले यस्ता संस्थालाई राज्य पनि महत्वपूर्ण रुपमा हेरेको बताएका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले बैंकमा सबैको महुँच नपुगेको हुँदा बैंकलाई दिइने सहुलियत लघुवित्तलाई दिनु पर्ने बताए । यसको लागि राष्ट्र बैंकको नै महत्वपूर्ण भूमिका रहने भएकाले त्यसतर्फ ध्यान दिन पनि गभर्नर अधिकारीलाई अनुरोध गरेका छन् । यस संस्थामा गरिव र पिछडिएका परिवार आवद्ध भएकाले आर्थिक विकासका लागि संस्थाको योगदान महत्वपूर्ण रहेको पनि जानकारी अध्यक्ष पाठकले जानकारी दिए ।

हाल यो संस्थाको आवद्धता ७४ जिल्लामा रहेको छ । लघुवित्तले ग्रामिण कृषकलाई प्राथमिकता दिएको साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले जानकारी दिए । कोभिडका कारण आफ्ना सदस्य संस्थालाई केही असर गरेको भएपनि वित्तीय सूचकमा भने मनग्य प्रगति भएको उनको भनाई छ ।

Total Page Visits: 918 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्