Sunday, May 19Nepal News Portal
Shadow

बीमा

इन्टरनेट, टेलिफोनसहित बैंक र बीमा सेवामा हड्ताल गर्न निषेध

इन्टरनेट, टेलिफोनसहित बैंक र बीमा सेवामा हड्ताल गर्न निषेध

बीमा
काठमाडौं । नेपाल सरकारले आवश्यक सेवा सञ्चाल ऐन २०१४ को दफा (३) को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी बीमा सेवामा हड्ताल गर्न निषेध गरेको छ । आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्दै यस्तो आदेश जारी गरिएको हो । गृह मन्त्रालयले २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ। सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायार सेवा, हवाईअठ्ठ वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने काम सँग सम्बन्धित सेवा लगायतका क्षेत्रमा हड्ताल तथा अवरुद्ध गर्न नपाइने भएको हो ।...
सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ मा बस्ने

सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ मा बस्ने

प्रमुख समाचार, बीमा
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बैशाख ३१ गते सम्पन्न संचालक समितिको बैंठकले उक्त सभाको गर्ने निर्णय गरेको हो । सभा कम्पनीको आफ्नै प्रधान कार्यालय, कमलादी, काठमाडौंमा, बिहान ११ बजे गर्ने जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने समेत कम्पनीले जनाएको छ ।  ...
हिमालयन रिइन्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न अनुमति दिने निर्णय

हिमालयन रिइन्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न अनुमति दिने निर्णय

प्रमुख समाचार, बीमा
काठमाडौं। बीमा समितिले हिमालयन रि-इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न दिने निर्णय गरेको छ। पाँच कम्पनीबाट परेको निवेदनमध्ये समितिले हिमालयनलाई कम्पनी खोल्न सहमति दिएको हो । हिमालय रि-इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता तथा अन्य विभिन्न व्यवसायिक घरानाका व्यक्तित्वहरु रहेका छन्। बीमा समितिले निजी क्षेत्रको लगानी भएको थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न गरेको आह्वानमा कुल पाँच कम्पनीले निवेदन दर्ता गरेका थिए। निवेदन दर्ता गराउनेमा हिमालयनसहित प्रुडेन्सियल रि-इन्योरेन्स, अन्नपूर्ण रि(इन्स्योरेन्स, काठमाडौं रि-इन्स्योरेन्स र ज...
जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ९८ अर्व भन्दा बढी

जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ९८ अर्व भन्दा बढी

आर्थिक गतिविधि, प्रमुख समाचार, बीमा
काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आ. व.को बैशाख मसान्तसम्ममा ९८ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा ८३ लाख ९७ हजार ७ सय ५५ वटा बीमा पोलिसी जारी गरि ९८ अर्ब ८९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । समितिको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २६ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा १४ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्म ९अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल ...
सानिमा लाइफले ६० करोड रुपैयाँको आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन

सानिमा लाइफले ६० करोड रुपैयाँको आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन

बीमा, बैंक तथा वित्त
काठमाडौं । सानिमा लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले रेटिङ गराइसकेको छ भने केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ । कम्पनीले २०७४ मंसिरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ । नियम अनुसार कम्पनीले आर्थिक वर्ष २०७५र/७६ को वार्षिक साधारणसभा गर्नु पर्छ । यहि जेठ २३ गते कम्पनीले आर्थिक वर्ष २०७५र७६ को लेखापरिक्षण सहित वार्षिक साधारणसभा गर्दै छ । उक्त साधारणसभा सम्पन्न हुने वित्तीकै कम्पनीलाई प्राथमिक शेयर निष्काशनका...
आधा दशकमै जीवन बीमा कम्पनीको पूँजी कोष तीन गुणाले वृद्धि

आधा दशकमै जीवन बीमा कम्पनीको पूँजी कोष तीन गुणाले वृद्धि

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपालका जीवन बीमा कम्पनीको पूँजी कोष ५१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । विगत ५ वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको पूँजी कोष झण्डै तीन गुणाले वृद्धि भएको हो । आर्थिक वर्ष २०७३/७४ मा जीवन बीमा कम्पनीहरुको पूँजी कोष १७ अर्ब २८ करोड रुपैयाँ थियो भने यस आर्थिक वर्षमा जीवन बीमा कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४३ करोड रुपैयाँ थियो र जगेडा कोषमा ८ अर्ब ८५ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा हेर्ने हो भने जीवन बीमा कम्पनीको चुक्ता पूँजी ३८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १२ अर्ब ८७ करोड रुपैयाँमा सिमित छ । यस अवधिमा बीमा समितिले पुराना जीवन बीमा कम्पनीहरुलाई पूँजी बृद्धि गर्न निर्देशन दियो भने नयाँ १० वटा जीवन बीमा कम्पनीलाई जीवन बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गर्यो । समितिले ५० करोडको पूँजीलाई एकैट पटक २ अर्ब पुर्याउन निर्देशन दिदा कतिपयले ...
जीवन बीमा कम्पनीको नाफा १९ प्रतिशतले ले बढ्दा दुई कम्पनीको घट्यो

जीवन बीमा कम्पनीको नाफा १९ प्रतिशतले ले बढ्दा दुई कम्पनीको घट्यो

उपभोक्ता, बीमा
काठमाडौं । आर्थिक वर्ष .(आ.व) २०७७ /७८ को तेस्रो त्रैमाससम्ममा १९ ओटा जीवन बीमा कम्पनीहरुमध्ये दुई ओटा कम्पनीको नाफा घटको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थानको नाफा भने घटेको छ । १९ जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा ३ अर्ब २० करोड ८८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६९ करोड ४६ लाख ६८ हजार रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुले १९.०८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएका हुन् ।...
बीमा कम्पनीका कर्मचारीलाई कोरोना संक्रमण भएमा सम्पुर्ण खर्च कम्पनीले नै बेहोर्नु पर्ने

बीमा कम्पनीका कर्मचारीलाई कोरोना संक्रमण भएमा सम्पुर्ण खर्च कम्पनीले नै बेहोर्नु पर्ने

प्रमुख समाचार, बीमा
काठमाडौं । बीमा कम्पनीमा कार्यरत कुनै पनि कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएमा सम्पुर्ण खर्च कम्पनीलेनै बेहोर्नु पर्ने भएको छ । बीमा समितिले शुक्रवार (हिजो) सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै संक्रमित कर्मचारी तथा निजको सम्पर्कमा रहेका कर्मचारी समेतलाई पिसिआर परिक्षण शुल्क लगायत सम्पुर्ण खर्च बेहोर्न निर्देशन दिएको हो । कम्पनीहरुले कर्मचारीलाई घर, अस्पताल वा होटलमा आईसोलेसन वा क्वारेन्टीनमा सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । साथै, आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारी तथा कार्यालयको अत्यावश्यक कामको सिलसिलामा कार्यालय बाहिर खटाइएका कर्मचारीहरु कार्यालयमा फर्कदा पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपश्चात मात्रै कार्यालय आउने व्यवस्था मिलाउनु पर्नेछ । आईसोलेसन वा क्वारेन्टीनमा रहेका कर्मचारीलाई उक्त अवधिको पूरा तलब सहित अतिरिक्त विदा उपलब्ध गराउन...
नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक, ९० प्रतिशतसम्म ऋण पाईंने

नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक, ९० प्रतिशतसम्म ऋण पाईंने

बीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सावधिक जीवन बीमा सार्वजनिक गरेको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बीमा योजना ल्याएको हो । यस बीमा योजना अन्तर्गगत बीमितले बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनश’ बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ । बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट बीमालेखअन्तर्गत नपर्ने जोखिमहरु बाहेक बीमितको मृत्यु भएमा ‘बीमाङ्क रकम र आर्जित बोनश’ एकमुष्ट प्रदान गर्ने कम्पनीले जनाएको छ । यदि दुर्घटना मृत्यु लाभ सुविधा थप लिएको छ भने चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम, दुर्घटना मृत्यु लाभ सुविधा...
ओरिएण्टल इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले घट्यो

ओरिएण्टल इन्स्योरेन्सको नाफा ३२ प्रतिशतले घट्यो

आर्थिक गतिविधि, बीमा
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफा ३२ प्रतिशतले घटेको हो । चालु आ. व . को चैत मसान्तसम्ममा कम्पनीले ६५ करोड ५९ लाख ५७ रुपैयाँ खुद बीमा शुल्क कमाएको छ । गत आ.व को सोही अवधिसम्ममा कम्पनीले ५९ करोड ६८ लाख ३३ हजार रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो । गत आ .व .को सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९ दशमलव ९० प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ८८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ९१ करोड ७६ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ६९ करोड ९७ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीले २५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क...