Tuesday, May 7Nepal News Portal
Shadow

एशियाली बीमा सम्मेलन सम्पन्न


काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको ३ दिने एशियाली बीमा सम्मेलन शनिबार सम्पन्न भएको छ। एशियाका २० मुलुकको बीमा नियामक, बीमक, पुनर्बीमक र वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको सम्मेलन जलवायू परिवर्तनले निम्त्याएको जोखिम न्यूनीकरण गर्दै अवसर छोप्नका लागी सहकार्य गर्ने प्रतिबद्धता सहित सम्पन्न भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यक्रममा जलवायु परिवर्तनको प्रमुख मुद्दालाई सही ढंगले सम्बोधन गरिएको उल्लेख गर्दै भने, यसले चुनौती मात्रै होइन, बीमा क्षेत्रका लागि अवसर पनि सिर्जना गरेको हामीले थाहा पायौं।

सम्मेलनले प्रविधि र डिजिटल समाधानहरू, जोखिम मोडलिङ उपकरणहरूको महत्त्व र यसले हामीलाई कसरी जोखिम व्यवस्थापन अभ्यासहरू र विवेकपूर्ण पर्यवेक्षणलाई सही रूपमा अवलम्बन गर्न सक्षम बनाउँछ भन्ने पक्षमा पनि जानकारी बाँड्न सहयोगी भएकोमा खुशी व्यक्त गरे ।

उनले भने, “कृषि बीमालाई विस्तार गर्न प्यारामेट्रिक बीमा नै उत्प्रेरक हो भन्ने कुरामा कुनै शंका छैन।कृषि बीमाको क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव कृषिमा निर्भर अर्थतन्त्र भएको मुलुकका लागी ज्यादै उपयोगी हुनेछ” ।

“भूकम्पको जोखिम नियन्त्रणमा जापानको अनुभव र कुनै समय गरिब र संघर्षरत राष्ट्र अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा उभिएको हामी सबैका लागि ठूलो सिकाइ र प्रेरणा हो” सिलवालले भने,।

सम्मेलन एशियाली विकास बैंक, बीमा नियामक संघ, एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभको सहयोगमा आयोजना भएको थियो ।

Total Page Visits: 166 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्