Sunday, May 19Nepal News Portal
Shadow

होटलमा १२ अर्ब १७ करोड रुपैयाँको लगानी प्रतिबद्धता


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ४ महिनामै साना तथा ठूला गरी १८ वटा होटलमा स्वदेशी तथा विदेशी लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागमा दर्ता हुन आएका १०२ उद्योगमध्ये १८ वटा होटल तथा रेष्टुराँ छन् ।
दर्ता भएकामध्ये ४ वटा ठूला होटल रहेका छन् । अन्य १४ वटामा भने १५ करोडदेखि ६० करोड रुपैयाँसम्मको लगानी रहेको छ। ठूला होटलमा आएको लगानी प्रतिबद्धता स्वदेशी रकम रहेको छ । त्यस्तै साना होटलमा विदेशी लगानी रहेको छ।

विभागका अनुसार ४ महिनामा १८ होटलमा १२ अर्ब १७ करोड २४ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। जसमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आयुष्मान होटल निर्माणका लागि आएको छ।

झापाको मेचीनगरमा २ अर्ब ५१ करोड रुपैयाँको लगानीमा आयुष्मान होटल बन्ने गरी उद्योग विभागमा दर्ता भएको छ। ९५ बेड क्षमताको होटलमा १ सय ९० जना क्षमताको रेष्टुरासमेत बन्ने छ। शतप्रतिशत नेपाली लगानी रहने होटलमा तीन सय जनाले रोजगारी पाउनुको साथै १ हजार केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ।

यसैगरी काठमाडौंको बुढानीलकण्ठमा बुढानीलकण्ठ हेरिटेज लिमिटेड दर्ता भएको छ। बुढानीलकण्ठ हेरिटेज होटलमा २ अर्ब ४० करोडको लगानी प्रतिवद्धता आएको छ। होटलमा १ सय २ बेड र ३ सय सिट क्षमताको रेष्टुरा बन्ने छ। शतप्रतिशत नेपाली लगानी रहेको होटलमा १ हजार ५ सय केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ।

झापाको मेचीनगरमा नगरपालिका वडा नम्बर १० मा होटल ईष्टर्न निर्माण हुनेगरि दर्ता भएको विभागले जनाएको छ। होटल ईष्टर्नमा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार ९ सय ७५ रुपैयाँको लगानी प्रतिवद्धतासँगै उद्योग दर्ता भएको छ। ईष्टर्न होटलमा ९९ बेड तथा २५० सिट क्षमताको रेष्टुरा बन्ने दर्ता विवरणमा उल्लेख छ। होटलमा शतप्रतिशत नै नेपाली लगानी रहेको छ भने १ सय ७० जनाले रोजगारी पाउने उल्लेख छ। होटलले ५ सय केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

साथै रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका मार्स हस्पिटालिटी ग्रुप प्रालिले होटल सञ्चालन गर्न लागेको हो। होटलमा १ अर्ब ३८ करोड २६ लाख रुपैयाँ लगानी हुनेछ। होटल २ सय बेड क्षमताको निर्माण हुने छ। होटलमा शत प्रतिशत स्वदेशी लगानी रहने छ।

यसैगरी १५ करोडको विदेशी लगानीमा काठमाडौंमा मारीय होटल तथा रेष्टुरा निर्माण हुने भएको छ। ४५ बेड क्षमताको होटलमा १७२ सीट क्षमताको रेष्टुरा रहने छ। साथै होटलमा ५९ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ।

यसैगरी २० करोडको लगानीमा युवान होटल एण्ड रेष्टुरेन्ट निर्माण हुने भएको छ। ५० बेड क्षमताको होटलमा ५५ जनाले रोजगारी पाउने छन्। होटलमा विदेशी लगानी रहने छ।

साथै १५ करोड रुपैयाँको लगानीमा काठमाडौंमा नै सञ्चालन हुने गरी हुवालिन होटल एण्ड रेष्टुरेन्ट दर्ता भएको छ। होटलमा विदेशी लगानी रहनेछ। ४० बेड क्षमताको होटलमा ८५ जनाले रोजगारी पाउने छन्। यसैगरी ५ करोड ५० लाखको लगानीमा काठमाडौँमै जिन मेन होटल प्रालि सञ्चालन हुने गरी दर्ता भएको छ।

Total Page Visits: 338 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्