Monday, May 6Nepal News Portal
Shadow

बीमा

अब इ–सेवाबाट घरको बीमा गर्न सकिने

अब इ–सेवाबाट घरको बीमा गर्न सकिने

आर्थिक गतिविधि, प्रमुख समाचार, बीमा
काठमाडौं । इ–सेवाबाट घरको बीमा गर्न सकिने भएको छ। युएसआइडी र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको इ–सेवाले बताएको छ। हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू भएको कम्पनीको भनाइ छ। साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्नेछन्। यस योजना इ–सेवाको मोबाइल एपभित्र रहको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ। बीमा नीति अनुसार एक करोड रुपैयाँसम्मको बीमा हुने यस योजनामा वार्षिक ५०० देखि ४ हजार ५०० रूपैयाँसम्म भुक्तानी गर्नु पर्नेछ। बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय कम्पनीले जानकारी दिएको छ। यस योजनामा सहभागी हुन घरधनीले घरको तस्वीर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इ–सेवमा एप मार्फत...
बीमा प्राधिकरणले जेठ २५ गतेदेखि २७ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन सुरु गर्दै

बीमा प्राधिकरणले जेठ २५ गतेदेखि २७ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन सुरु गर्दै

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि जेठ २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘एशियन इन्स्योरेन्स मिट २०२३’ को तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । सम्मेलनको मूल्य विषय ‘Building Resilience of Insurance towards Emerging Risk’ रहेको छ । सम्मेलनको आयोजनामा International Association of Insurance Supervisors (IAIS), Asian Development Bank (ADB) र Access to Insurance Initiative (A2ii)  को सहयोग रहेको छ । विश्वमा नविनतम विकास सँग सँगै बीमा क्षेत्रमा देखापरेका नयाँ नयाँ जोखिमहरुको पहिचान, जोखिम न्यूनिकरणका लागि प्राविधिक क्षमताको विकास र बीमा क्षेत्रको दिगो विकासका लागि आपसी सहयोग एवं साझेदारी अभिबृद्धि गर्ने उद्देश्यले सम्मेनलन आयोजना गरिएको बीमा प्राधिकरणले जानकारी दिएको छ । सम्मेलनमा जलवायु परिवर्तन, महामारी लगायतका कारण बीमा क्षेत्रमा देखिएका जोखिम,...
नेपाल लाइफले पूर्ण तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह

नेपाल लाइफले पूर्ण तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह

आर्थिक गतिविधि, प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पूर्ण अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सुचना अन्र्तगत यस कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिन नआएको बीमितहरुलाई उक्त रकम लिन आउन आग्रह गरेको हो । यस कम्पनीहरुबाट जारी पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमित तथा हकवालाले आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न कम्पनीको विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ ।...
पाल्पामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न, दाबी भुक्तानी नपाएको कृषकको गुनासो

पाल्पामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न, दाबी भुक्तानी नपाएको कृषकको गुनासो

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयले पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको प्रादेशिक कार्यालयले जेठ ३ गते उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदी थिए । कार्यक्रममा बोल्दै उनले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमालाई समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले नागरिकले आफै अग्रसर भएर बीमा गर्ने वातावारण तयार गर्नुपर्ने धारणा राखे । कार्यक्रममा सहभागीहरूले बीमा सेवामूलक हुुनुपर्नेमा व्यवसायिक मात्र भएको, बीमा गर्न सजिलो भए पनि दाबी भुक्तानी पाउन कागजी रूपमा झन्झिटिलो भएको बताए । त्यस्तै बीमा गरेको मकैबाली क्षति हुँदा पनि दाबी भुक्तानी नपा...
अर्थमन्त्री महत भन्छन्ः बिमाको विश्वास बढाउन नियामकीय भूमिका महत्वपूर्ण हुन्छ

अर्थमन्त्री महत भन्छन्ः बिमाको विश्वास बढाउन नियामकीय भूमिका महत्वपूर्ण हुन्छ

आर्थिक गतिविधि, प्रमुख समाचार, बीमा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमाप्रति विश्वास बढाउन नियामक निकायले भूमिका खेल्नु पर्ने बताएका छन् । सोमबार (आज) नेपाल बिमा प्राधिकरणको ५५औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले बिमाले धेरै क्षेत्र कभर गर्न बाँकी रहेको बताएका हुन् । “नियामक निकायले नियामकीय क्षमता देखाउनु पर्छ । हाम्रो देशमा बिमा कति कम्पनीको आवश्यक हो रु हामीले पहिचान गर्नुपर्छ । मुलुकमा यति धेरै बिमा कम्पनी हुनुपर्ने आवश्यक थिएन,” उनले भने, “बिमाको आधुनिकीकरण आवश्यक छ । परम्परागत पाराले चल्दैन । नियमकको काम प्रभाकारी हुनुपर्‍यो।” बिमा क्षेत्रमा जिम्मेवारी, जवाफदेहीता र पारदर्शिता आवश्यक रहेको पनि उनले बताए ।...
पुँजी नपुर्‍याउने बीमा कम्पनीलाई प्राधिकरणले माग्यो कारण, कम्पनीले कसरी पुर्‍याउँदैछन् त पुँजी ?

पुँजी नपुर्‍याउने बीमा कम्पनीलाई प्राधिकरणले माग्यो कारण, कम्पनीले कसरी पुर्‍याउँदैछन् त पुँजी ?

बीमा, समाचार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको समयमा चुक्तापुँजी नपु¥याउने बीमा कम्पनीलाई कारण पेस गर्न निर्देशन दिएको छ । गत चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी नपुर्‍याएका बीमा कम्पनीहरुलाई प्राधिकरणले कारण पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणले अघिल्लो वर्ष अर्थात २०७८ चैतमै एक निर्देशन जारी गर्दै २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम गर्न भनेको थियो । तर, त्यो अवधिमा ४ बीमा कम्पनी बाहेक अरुले तोकिएको चुक्तापुँजी पुर्याएका छैनन् । त्यसपछि प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तपुँजी पुर्याउन नसक्नुको कारण पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणले बीमक दर्ता तथा व्यवसाय संचालन सम्वन्धी (दोस्रा संशोधन) निर्देशिका २०८० लागू गरेको छ । बीमा ऐन २०७९ को दफ १६६ को अधिकार प्रयोग गरि प्राधिकरणले बीमक दर...
बीमा गर्न चाहने व्यक्तिको आवश्यक्ता र आर्थिक अवस्था बुझेर मात्रै बीमा गराउनु पर्छः प्रदेश प्रमुख शर्मा

बीमा गर्न चाहने व्यक्तिको आवश्यक्ता र आर्थिक अवस्था बुझेर मात्रै बीमा गराउनु पर्छः प्रदेश प्रमुख शर्मा

बीमा, ब्यानर, समाचार
काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयद्वारा मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका जीवन तथा निर्जीवन बीमा अभिकर्ताहरुसँग वैशाख १९ गते वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा अभिकर्ताहरुले बीमा गर्न चाहने व्यक्तिको आवश्यक्ता र आर्थिक अवस्थाका बारेमा बुझेर बीमा गर्नुपर्ने बताएकी छिन् । कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुले बीमितले बीमा सम्बन्धी गलत कार्य गरेमा हुने दण्ड सजायँका बारेमा बीमालेखमा नै उल्लेख हुनुपर्ने, बीमा अभिकर्ताहरुको दुर्घटना बीमा गर्ने व्यवस्था हुनुपर्ने, बीमा अभिकर्तालाई आभारभूत सुविधा उपलब्ध गराउनुपर्ने, तालिमको व्यवस्था हुनुपर्ने लगायतका धारणा राखेका थिए । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेयले कार्यक्रम संचालन र स्वागत सहा...
भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

बीमा, बैंक तथा वित्त, समाचार
काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि बैशाख १८ गते मजदूर दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भोलि सार्वजनिक बिदा भएसँगै बीमा कम्पनी, शेयर बजारका साथै बैंक तथा वित्तीय संस्था लगायतका सरकारी कार्यालयहरु बन्द रहनेछन् ।
अजोड इन्स्योरेन्सका संचालकले दिए राजिनामा

अजोड इन्स्योरेन्सका संचालकले दिए राजिनामा

बीमा, समाचार
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संचालक सागर गुरुङले राजिनामा दिएका छन् । गुरुङले आफ्नो व्यक्तिगत कार्य व्यस्तताका कारण सञ्चालकबाट राजिनामा दिएको बताएका छ । कम्पनीको वैशाख १२ गते मंगलबार बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको होे ।
मर्जरमा गएका बीमा कम्पनी भावनात्मक रुपमा मिलेर अघि बढे समस्या आउँदैनः अध्यक्ष सिलवाल

मर्जरमा गएका बीमा कम्पनी भावनात्मक रुपमा मिलेर अघि बढे समस्या आउँदैनः अध्यक्ष सिलवाल

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरमा गएका बीमा कम्पनीहरू भावनात्मक रुपमा मिलेर अघि बढे समस्या नआउने बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताएका हुन् । त्यस्तै, बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताए । प्राधिकरणको पटक पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आई गत आर्थिक वर्षमा करिव ४४ अर्ब रुपैया बराबरको दाबी भुक्तानी भएको अध्यक्ष सिलवालले जानकारी दिए । “बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गर्नुप¥यो । अस्वस्थ प्रतिस्पर्धा गर्नु भएन,” उनले भने, “स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुप...