Sunday, May 19Nepal News Portal
Shadow

पुँजी नपुर्‍याउने बीमा कम्पनीलाई प्राधिकरणले माग्यो कारण, कम्पनीले कसरी पुर्‍याउँदैछन् त पुँजी ?


काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको समयमा चुक्तापुँजी नपु¥याउने बीमा कम्पनीलाई कारण पेस गर्न निर्देशन दिएको छ । गत चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी नपुर्‍याएका बीमा कम्पनीहरुलाई प्राधिकरणले कारण पेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले अघिल्लो वर्ष अर्थात २०७८ चैतमै एक निर्देशन जारी गर्दै २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम गर्न भनेको थियो । तर, त्यो अवधिमा ४ बीमा कम्पनी बाहेक अरुले तोकिएको चुक्तापुँजी पुर्याएका छैनन् । त्यसपछि प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तपुँजी पुर्याउन नसक्नुको कारण पेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले बीमक दर्ता तथा व्यवसाय संचालन सम्वन्धी (दोस्रा संशोधन) निर्देशिका २०८० लागू गरेको छ । बीमा ऐन २०७९ को दफ १६६ को अधिकार प्रयोग गरि प्राधिकरणले बीमक दर्ता तथा व्यवसाय संचालन सम्वन्धी निर्देशिका २०७३ लाई संशोधन गरेको हो । सो निर्देशिका अनुसार बीमा कम्पनीहरुको चुक्तापुँजी पुर्याउने समय थप गरेको छ । यद्यपि, तोकिएको म्यादमा पुजी पुर्याउन नसकेका बीमा कम्पनीहरुलाई प्राधिकरणले कारण मागेको हो । त्यस्तो कारण सहित निवेदन पेश गरेमा चुक्तापुँजी बढाउन तीन महिना अर्थात् आगामी असार मसान्तसम्म म्याद दिइने प्राधिकरणको भनाइ छ । अन्यथा म्याद थप नगरिने र अन्य कारवाही गर्न सकिने प्राधिकरणको भनाइ छ । यसअघि जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो ।

हालसम्म आउँदा चार कम्पनीले मात्रै न्यूनतम चुक्तापुँजी कायम गरेका छन् । जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुगेको छ । उक्त कम्पनीको चुुक्तापुँजी पहिलादेखि नै ५ अर्ब रुपैयाँ थियो । हाल त्यसको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यता निर्जीवन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले मात्रै न्युनतम चुक्ता पूँजी पुर्याएका छन् । सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड रुपैयाँ, शिखरको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ र सगरमाथा इन्स्योरेन्सको २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी छ । यस बाहेक अन्य कम्पनीको चुक्तापुँजी तोकिएअनुसार पुगको छैन ।

Total Page Visits: 205 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्