Sunday, May 19Nepal News Portal
Shadow

पाल्पामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न, दाबी भुक्तानी नपाएको कृषकको गुनासो


काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयले पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको प्रादेशिक कार्यालयले जेठ ३ गते उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदी थिए । कार्यक्रममा बोल्दै उनले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बीमालाई समावेश गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले नागरिकले आफै अग्रसर भएर बीमा गर्ने वातावारण तयार गर्नुपर्ने धारणा राखे । कार्यक्रममा सहभागीहरूले बीमा सेवामूलक हुुनुपर्नेमा व्यवसायिक मात्र भएको, बीमा गर्न सजिलो भए पनि दाबी भुक्तानी पाउन कागजी रूपमा झन्झिटिलो भएको बताए । त्यस्तै बीमा गरेको मकैबाली क्षति हुँदा पनि दाबी भुक्तानी नपाउनुका साथै कोरोना बीमाको दाबी भुक्तानी नपाएको लगायतका गुनासा राखेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्णबहादुर थापाले बीमा सम्बन्धी जानकारीमूलक प्रस्तुति राखेका थिए ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधि, बीमा सर्भेयर, बीमा अभिकर्ता र अगुवा कृषकहरू लगायतको सहभागिता रहेको प्रादेशिक कार्यालयले जनाएको छ ।

Total Page Visits: 162 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्