Sunday, May 19Nepal News Portal
Shadow

अर्थमन्त्री महत भन्छन्ः बिमाको विश्वास बढाउन नियामकीय भूमिका महत्वपूर्ण हुन्छ


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमाप्रति विश्वास बढाउन नियामक निकायले भूमिका खेल्नु पर्ने बताएका छन् ।

सोमबार (आज) नेपाल बिमा प्राधिकरणको ५५औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले बिमाले धेरै क्षेत्र कभर गर्न बाँकी रहेको बताएका हुन् ।

“नियामक निकायले नियामकीय क्षमता देखाउनु पर्छ । हाम्रो देशमा बिमा कति कम्पनीको आवश्यक हो रु हामीले पहिचान गर्नुपर्छ । मुलुकमा यति धेरै बिमा कम्पनी हुनुपर्ने आवश्यक थिएन,” उनले भने, “बिमाको आधुनिकीकरण आवश्यक छ । परम्परागत पाराले चल्दैन । नियमकको काम प्रभाकारी हुनुपर्‍यो।”

बिमा क्षेत्रमा जिम्मेवारी, जवाफदेहीता र पारदर्शिता आवश्यक रहेको पनि उनले बताए ।

Total Page Visits: 142 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्