Sunday, May 19Nepal News Portal
Shadow

दोहोरो अंकले घट्यो नेप्स



काठमाडौं । आज सोमबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक १५६२ अंकले घटेर १ हजार ९५८.७५ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि बजार २४.५८ अंकले घटेको थियो ।

त्यसैगरी, यो दिन राम्रा र बलिया कम्पनीहरुको बजार मापक इन्डेक्स सेन्सेक्स पनि ३.३८ अंकले घटेर ३४७.८० विन्दुमा झरेको छ ।यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उता अघिल्लो कारोबार दिन आइतबार भने ३ अर्ब ७९ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको थियो ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये विकास बैंक बाहेक सबै उपसमूह राताम्मे भएका छन् । विकास बैंक उपसमूह ०.२३ प्रतिशतले बढेको छ ।

यसैगरी, यो दिन सबैभन्दा बढी वित्त उपसमूह १.९६ प्रतिशतले घटेको छ । त्यस्तै दोस्रोमा लघुवित्त उपसमूह १.८१ प्रतिशतले घटेको छ । यस्तै, अन्य उपसमूह १.६८ प्रतिशतले घटेको छ । यसैगरी, निर्जीवन बीमा उपसमूह १.०८ प्रतिशतले घटेको छ ।

यसैगरी, दिब्यश्वरी हाइड्रो पावरको शेयरमूल्य पनि ४.९२ प्रतिशतले बढेको छ । यस्तै, यो दिन पोखरा फाइनान्स र डोल्टी पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।पिपुल्स पावर कम्पनीको शेयरमूल्य ७.९४ प्रतिशतले घटेको छ । समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने ६.३० प्रतिशतले घटेको छ । त्यस्तै, नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य चाहिं ५.८७ प्रतिशतले घटेको छ ।

त्यस्तै, यो दिन सर्वाधिक कारोबार सिटीजन्स लाइफ इन्स्योरेन्सको भएको छ । उक्त कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कम्पनीले सोमबार नै २६.९८४१ बोनस शेयर र कर प्रयोजनका लागि १.४२०२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । त्यस्तै नेपाल फाइनान्सको १० करोड ८१ लाखभन्दा बढीको कारोबार भएको छ । उता पोखरा फाइनान्सको भने ९ करोडभन्दा बढीको कारोबार भएको छ ।

 

Total Page Visits: 102 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्