Sunday, May 19Nepal News Portal
Shadow

मर्जरमा गएका बीमा कम्पनी भावनात्मक रुपमा मिलेर अघि बढे समस्या आउँदैनः अध्यक्ष सिलवाल


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरमा गएका बीमा कम्पनीहरू भावनात्मक रुपमा मिलेर अघि बढे समस्या नआउने बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताएका हुन् ।

त्यस्तै, बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताए ।

प्राधिकरणको पटक पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आई गत आर्थिक वर्षमा करिव ४४ अर्ब रुपैया बराबरको दाबी भुक्तानी भएको अध्यक्ष सिलवालले जानकारी दिए । “बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गर्नुप¥यो । अस्वस्थ प्रतिस्पर्धा गर्नु भएन,” उनले भने, “स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुप¥यो, कर्मचारीहरु पनि दक्षता अभिवृद्धिका साथ कम्पनीमा सुशासन कायम गर्न, कम्पनीलाई अगाडि बढाउन लाग्नुप¥यो । कर्मचारीहरु चेन अफ कमाण्डमा बस्नुप¥यो, कम्पनीले मुनाफाको दुई प्रतिशत कर्मचारीको हक हितमा खर्च गर्नुप¥यो, त्यसो नभएमा कर्मचारीहरुले प्राधिकरणलाई जानकारी दिनुप¥यो ।”

अध्यक्ष सिलवालले बीमा कम्पनीहरु शहरी क्षेत्रमा मात्र केन्द्रित भएका कारण बीमाको आवश्यकता परेका व्यक्तिले बीमा गर्न नपाएकाले लघुबीमा कम्पनीहरु संचालनमा आएको स्पष्टिकरण दिए । बीमा कम्पनीका कर्मचारीहरुका एकैखालका समस्या भए समाधानका विकल्प सहित प्राधिकरणलाई जानकारी दिएमा त्यसलाई सम्बोधन गर्न प्राधिकरणले पहल गर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रतिको विश्वास बढ्ने गरी बीमा व्यवसायलाई मर्यादित बनाएर अघि बढाउन र कम्पनीमा सुशासन कायम गर्न कर्मचारीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले संस्थालाई सफल रूपमा अघि बढाउन व्यवस्थापन र कर्मचारी संघ संस्थाहरू मिलेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रम नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष पूर्ण बहादुर थापाको सभापतित्वमा भएको थियो ।

Total Page Visits: 131 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्