Saturday, May 4Nepal News Portal
Shadow

भदौमा १ अर्ब १८ करोडको बीमा पोलेसी सरेन्डर


काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा १४ जीवन बीमा कम्पनीको १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको छ । यी कम्पनीका बीमितहरूले ९ हजार ३८६ बीमा पोलेसी सरेन्डर गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा बीमा पोलेसी सरेन्डर संख्या र रकममा कमी अएको छ । साउनमा १ अर्ब २८ करोड ३३ लाख रुपैयाँको ९ हजार ७९८ बीमा पोलेसी सरेन्डर भएको प्राथिकरणको तथ्यांक छ ।

भदौमा सबैभन्दा बढी रकमो बीमा पोलेसी सरेन्डर नेशनल लाइफ इन्स्योरेन्सको भएको छ । यो कम्पनीको ४० करोड २९ लाख रुपैयाँको २ हजार ५४२ बीमा पोलेसी सरेन्डर भएको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल०को २७ करोड ५८ लाख रुपैयाँको १ हजार ८२३ बीमा पोलेसी सरेन्डर भएको छ । प्राधिकरणका अनुसार नेशनल लाइफ इन्स्योरेन्सको १० करोड ५९ लाख रुपैयाँको ६९९ पोलेसी सरेन्डर भएको छ ।

१ करोडभन्दा कम बीमा पोलेसी सरेन्डर रिलायबल नेपाल लाइफ, आईएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । रिलायबल नेपालको ७२ लाख रुपैयाँको १४२ बीमा पोलेसी सरेन्डर भएको छ । त्यस्तै आईएमई लाइफको ४७ लाख रुपैयाँको ४१ र सन नेपाल लाइफको ४० लाख रुपैयाँको ४० बीमा पोलेसी सरेन्डर भएका प्राधिकरणको तथ्यांका छ ।

हाल प्राधिकरणद्वारा जारी निर्देशिका अनुसार बीमितले ३ वर्षसम्म पोलेसी समर्पण गर्न पाउँदैनन् । उक्त व्यवस्था हुनुअघि बीमितले बीमालेख खरिद गरेको १ वर्षपछि आफ्नो बीमालेख त्याग गर्न पाउने व्यवस्था थियो ।

निर्देशिकामा बीमा पोलेसी समर्पण मूल्यसमेत निर्धारण गरिएको छ । बीमितलाई बीमा पोलिसी सरेन्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी दिनुपर्ने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकमसमेत जोड्नु पर्ने व्यवस्था छ ।

Total Page Visits: 341 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्