Saturday, May 18Nepal News Portal
Shadow

पिकअप दुर्घटना हुँदा एकको ज्यान गयो


काठमाडौं, १७ मंसिर (ससं) । पाँचथरको फिदीम नगरपालिका ४ जोरसालमा मंगलबार (हिजो) बेलुकी पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना गम्भीर घाइते भएका छन्। फिदिमबाट जोरसालतर्फ जाँदै गरेको बा १९ च ५७३६ नम्बरको पिकअप हिजो बेलुकी पौने ८ बजे अनियनित्रत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।

दुर्घटना गम्भीर घाइते भएका पिकअपमा सवार पाँचथरको फिदिम नगरपालिका १ का २० वर्षीय अर्जुन शंकरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो।

गम्भीर घाइते भएका चालक सुनसरीको धरान १ का ३० वर्षीय पर्वत गुरुङ र झापाको गरामनी घर भएका २१ वर्षीय अर्जुन मगरको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

Total Page Visits: 711 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्