Tuesday, May 7Nepal News Portal
Shadow

कर्पाेरेट

एनसेलले ल्यायो विभिन्न राहत प्याक, रिचार्जमा बोनस डेटा

एनसेलले ल्यायो विभिन्न राहत प्याक, रिचार्जमा बोनस डेटा

कर्पाेरेट
काठमाडौं । कोभिड–१९ महाव्याधीको दोस्रो लहरले सिर्जना गरेको हालको कठिन परिस्थितिमा आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उदेश्यका साथ एनसेल आजियटा लिमिटेडले आफ्ना सेवामा विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ । एनसेलले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधालगायतका राहत अफरहरु लयाएको हो । एनसेलको ग्राहकमैत्री उक्त अफरहरुले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपतकालीन अवस्थाको समयमा आवश्यक सहयोग लिनका लागि योगदान गर्ने विश्वास लिइएको छ । प्रत्येक रिचार्जमा बोनस डेटाः यस अफर अन्तर्गत ग्राहकले रु ५० वा सो भन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँने छन् । रु ५० देखि रु ९९ को रिचार्जमा ग्राहकले ५० एमबी बो...
गुगलका कर्मचारी हप्तामा ३ दिन अफिस जाँदा हुने

गुगलका कर्मचारी हप्तामा ३ दिन अफिस जाँदा हुने

कर्पाेरेट, विश्व
काठमाडौं । इन्टरनेट जाएन्ट गुगलका कर्मचारीलाई एक हप्तामा ३ दिन अफिस गएर काम गर्न भनिएको छ । गुगलका सिइओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरुलाई इमेल पठाउँदै अमेरिकामा लकडाउन खुकुलो हुँदै गर्दा कर्मचारीहरुले हप्तामा ३ दिन अफिसमा गएर काम गर्न प्रोत्साहित गरेका छन् । गुगलले आफ्नो कार्यालय गत अप्रिलदेखि नै आंशिक रूपमा खोल्न सुरु गरेको थियो । आगामी दिनमा कर्मचारीहरुलाई घर र कार्यालय दुबैबाट कसरी काम गराउने भन्ने विषयमा विस्तृत खाका बनाएको छ । कर्मचारीहरुलाई पठाएको इमेलमा पिचाईले अफिसमै ससरीर उपस्थित भएर काम गर्नुका फाइदाहरुको बारेमा समेत उल्लेख गरेका छन् । ट्वीटरले भने आफ्ना कर्मचारीहरुलाई स्थायी रुपमै घरबाट काम गर्न पाउने निर्णय गरेको र फेसबुकले समेत कर्मचारीहरुले घरबाटै काम गर्ने नियमलाई निरन्तरता दिएको अवस्थामा गुगलले चाहीँ आफ्ना कर्मचारीहरुलाई क्रमिक रुपमा कार्यालयमै उपस्थित गराउने यो...