Sunday, May 19Nepal News Portal
Shadow

कर्पाेरेट

नेपाल टेलिकमले स्वास्थ्यकर्मीलाई निःशुल्क भ्वाइस कल सुविधा दिने

नेपाल टेलिकमले स्वास्थ्यकर्मीलाई निःशुल्क भ्वाइस कल सुविधा दिने

कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । नेपाल टेलिकमले अब सबै स्वास्थ्यकर्मीका लागि निःशुल्क भ्वाइस् कल उपलब्ध गराउने भएको छ । कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीहरुलाई हौसला दिनका लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने भएको हो ।...
औद्योगिक क्षेत्रमा अक्सिजन प्लान्ट राख्न जग्गा र पूर्वाधार तत्कालै दिइने

औद्योगिक क्षेत्रमा अक्सिजन प्लान्ट राख्न जग्गा र पूर्वाधार तत्कालै दिइने

उद्योग, कर्पाेरेट
काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने भएको छ । कम्पनीका अध्यक्ष नन्दकिशोर बस्नेतले कुनै कम्पनी अक्सिजन उत्पादनका लागि आए औद्योगिक क्षेत्रको जग्गा, विद्युत, पानि लगायतका पूर्वाधार उपलब्ध गराउने तथा नियमावली छोट्याएर भएपनि उद्योगलाई काम गर्न सहज बनाइदिने बताएका हुन्। नेपालमा अब अक्सिजन सिलिन्डरको अभाव नहुने भएकाले र माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक रहेको उनलको भनाई छ ।...
नेपाल टेलिकमको भीओएलटीई सेवा आज देखि शुरु

नेपाल टेलिकमको भीओएलटीई सेवा आज देखि शुरु

कर्पाेरेट
काठमाडौं । नेपाल टेलिकमले नेपालमा आफ्ना सेवाग्राहीका लागी भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) सेवा आज जेठ ३ गते (सोमबार) देखि शुरु गरेको छ। टेलिकमले अन्तर्राष्ट्रिय आईटीयू डे (मे १७) देखि हाल उपलब्ध गराइरहेको फोरजी फोरजीरएलटीइ नेटवर्कमा आधारित भीओएलटीई सेवा उपलब्ध गराउन लागेको हो। प्रयोगकर्ताका लागि परीक्षण शुरु गर्नुअघि टेलिकमले भीओएलटीईका लागि उपयुक्त मोबाइल सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ। गत पुसदेखि नै भीओएलटीई चल्न सक्ने मोबाइलका सम्बन्धमा कम्पनीले बारम्बार परीक्षण गर्दै आएको थियो। अब भने प्रयोगकर्ताकै तहमा यो सेवा परीक्षण हुने भएको छ। यो सेवा देशैभरका फोरजी प्रयोगकर्ताले सेवा लिन सक्ने कम्पनीले जनाएको छ। कसरी लिने सेवा ? नेपाल टेलिकमको टेलिकमको भीओएलटीई सेवा लिन आफ्नो मोबाइलमा * ४४४# डायल गर्नुपर्ने हुन्छ। डायल गर्दा त्यहाँ तीन ओटा विकल्प देख्न सकिन्छ। जसमा सबैभन...
अब नेपाल टेलिकमका सिम प्रयोगकर्ताले एसएमएस मार्फतनै शेयर बजारको जानकारी लिन सक्ने

अब नेपाल टेलिकमका सिम प्रयोगकर्ताले एसएमएस मार्फतनै शेयर बजारको जानकारी लिन सक्ने

उपभोक्ता, कर्पाेरेट
काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएस मार्फतनै शेयर बजार सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्जको वेवसाइट र विभिन्न समाचार माध्यमको विकल्पमा आफुले लिन चाहेको शेयरबजार सम्वन्धि जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सक्ने भएका हुन । शेयर बजारका लगानीकर्ता इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको अवस्थामा पनि शेयर सम्वन्धि जानकारी लिन सकिने गरी यो सेवा प्रदान गरिएको छ । मेरो लगानीले शुरू गरेको एसएमएस सेवाबाट ग्राहकले शेयर बजारमा हाल जारी भइरहेका प्राथमिक निष्काशन तथा निकट भविष्यमा निष्काशन हुने तयारीमा रहेका (आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर) हकप्रद, शेयर बजारमा कारोबार भएको आधारमा बजारको समीक्षा (नेप्सेको घटबढ, कारोबार कम्पनी, संख्या र रकम) तथा नाफा कमाउने र गुमाउने कम्पनीहरुको जानकारी समेत पाउन सक्ने छन् । कसरी लिने सेवा ? हाल मेरोलगानी ...
रिचार्जरको सेवा अबरुद्ध

रिचार्जरको सेवा अबरुद्ध

कर्पाेरेट
काठमाडौं । इकमर्श प्लेटफर्म रिचार्जरको प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै रिचार्जरले आफ्नो सेवा अवरुद्ध भएको जानकारी दिएको हो । रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म ह्याप्पी आवरमा ९९९ रुपैंयामा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो । जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौंको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अबरुद्ध हुन पुगेको बताइएको छ । एप सुचारु भए पछि पुर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने जनाइएको छ । शुक्रबार ५ घण्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भए पछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिड सम्बन्धि वस्तु तथा उपकरण उपलब्ध हुने बताइएको छ ।...
नेपाल टेलिकमको नाफामा वृद्धि

नेपाल टेलिकमको नाफामा वृद्धि

आर्थिक गतिविधि, कर्पाेरेट
काठमाडौं । नेपाल टेलिकमको नाफ बढेको छ । तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै टेलिकमले कम्पनीको नाफा बढ्नुका साथै आयमा ७ प्रतिशतको बृद्धि भएको जनाएको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३ सय ८१ र १ अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ पुर्याएको थियो । टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा खुद मुनाफा दोस्रो त्रैमासिकको भन्दा ८२ करोड ३४ लाख ५२ हजार ३ सय ७० ले वृद्धि गरी २ अर्ब ५९ करोड ५० लाख ७७ हजार ४ सय ४९ पुगेको जनाएको छ । टेलिकमले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा कुल सेवा वापतको आय क्रमशः ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ र ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार ४ सय ६२ रहेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कुल सेवा वापतको आय दोस्रो त्रैमासिकको भन्दा ६३ करोड ६८ लाख ६५ हजार ९ सय ९७ रु...
वर्ल्डलिंकका सञ्चालक विजयको गयो कोरोनाका कारण ज्यान

वर्ल्डलिंकका सञ्चालक विजयको गयो कोरोनाका कारण ज्यान

कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक विजय जलानको मृत्यु भएको छ । कोभिड संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार (आज) विहान निधन भएको पारिवारिक श्रोतले जनाएको हो । ४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । उनको करिब १५ दिनअघि अस्पताल भर्ना भएका भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो ।...
इ–सेवासँगको सहकार्यमा रिचार्जरमा ९९९ मा पल्स अक्सिमिटर र कोभिडका सामान निशुल्क डेलिभरी

इ–सेवासँगको सहकार्यमा रिचार्जरमा ९९९ मा पल्स अक्सिमिटर र कोभिडका सामान निशुल्क डेलिभरी

कर्पाेरेट
काठमाडौं । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई–सेवासँगको सहकार्यमा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने भएको हो । पल्स अक्सिमिटर ९९९ रुपैंयामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो । बैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्ने छन् । ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निशुल्क डेलिभरी हुने छ भने अर्डर गरी इसेवाबाट भुक्तानी गर्नेहरुल...
लक्ष्मी हुण्डाईद्वारा ५० लाख बराबरको कोभिड उपचारका स्वास्थ्य सामाग्री गण्डकी प्रदेशलाई हस्तान्तरण

लक्ष्मी हुण्डाईद्वारा ५० लाख बराबरको कोभिड उपचारका स्वास्थ्य सामाग्री गण्डकी प्रदेशलाई हस्तान्तरण

कर्पाेरेट
काठमाडौं। लक्ष्मी हुण्डाईले ५० लाख बराबरको कारोनाा भाईरस (कोभिड-१९) उपचारमा चाहिने आवश्यक पीपीइ लगायतका स्वास्थ्य सामाग्री गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको छ। हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा आएका ती स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको हो। कम्पनीले यसअघि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्नुको साथै फिवर क्लिनिक स्थापनामा सघाएको थियो। कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्पका बेलामा समेत नेपाल रेडक्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, चन्द्रोदय आधारभूमि विद्यालय, गोरखाको पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण आदिमा सहयोग गरेको छ। लक्ष्मी हुण्डाई लक्ष्मी ग्रुपको भगिनी संस्था हो।...
कोरोना सुरु भएपछि भ्वाइस कल प्रयोगकर्ता नौ लाख भन्दा बढिले वृद्धि

कोरोना सुरु भएपछि भ्वाइस कल प्रयोगकर्ता नौ लाख भन्दा बढिले वृद्धि

कर्पाेरेट
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार कोरोना भाइरस सुरु भएयता भ्वाइस कल गर्ने ग्राहकको संख्या नौ लाख चार हजारले बढेका छन् । गत वर्ष चैत मसान्तमा भ्वाइस कल गर्ने ग्राहकको संख्या तीन करोड ८६ लाख रहेकोमा हाल यो संख्यामा वृद्धि भई तीन करोड ९५ लाख पुगेको हो । नेपाल टेलिकम नेपाल टेलिकमको गत वर्ष चैतमा भ्वाइस कल प्रयोग गर्ने ग्राहकको संख्या एक करोड ९६ लाख रहेको थियो भने हाल सो संख्यामा वृद्धि भई दुई करोड ११ लाख पुगेको हो । एनसेल गत वर्ष चैतमा एनसेलबाट भ्वाइस कल गर्ने ग्राहकको संख्या एक करोड ६९ लाख रहेको थियो भने हाल सो संख्यामा एक करोड ६० लाख ९८ हजार पुगेको छ । स्मार्ट टेलिकम स्मार्ट टेलिकमका भ्वाइस कल गर्ने ग्राहकहरू कोरोना महामारी सुरु हुनुअघि २१ लाख सात हजार रहेको थियो भने हाल भ्वाइस कल गर्ने ग्राहकको संख्या २२ लाख ९० हजार पुगेको छ । दूरसञ्चार कम्पनीहरूले डाटा प्...