Sunday, May 19Nepal News Portal
Shadow

कर्पाेरेट

डिशहोमले नेपाली भाषामा युरो कपको प्रत्यक्ष प्रसारण गर्ने

डिशहोमले नेपाली भाषामा युरो कपको प्रत्यक्ष प्रसारण गर्ने

कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । डिशहोमले नेपाली भाषामा युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण नेपाली भाषामा हेर्न सकिने भएको हो । डिशहोमले प्रत्यक्ष प्रसारणका लागि सोनीसँग सम्झौता गरेको छ। ‘डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिनेछ । ग्राहकले रिमोटबाट अंग्रेजी भाषामा समेत कमेन्ट्री हेर्न सक्नेछन् । डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन् । त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउनेछ । डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी, सीम टिभी, मेरो टिभी, नेट टिभी , डिओइएन टिभी र प्रभु टिभी बाट पनि हेर्न सकिने छ ।...
एप्पलले ल्यायो तार विना चार्ज गर्न मिल्ने आइप्याड

एप्पलले ल्यायो तार विना चार्ज गर्न मिल्ने आइप्याड

कर्पाेरेट
काठमाडौं । विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्ने आइप्याड चाडै नै बजारमा ल्याउने भएको छ । अहिले नयाँ विषेशता सहितको आइप्याड परीक्षणकै क्रममा रहेकाले अर्को बर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ। तार विना चार्ज हुने ट्यावलेट प्लग लगाएर चार्ज गर्ने ट्यावलेटभन्दा बढी टिकाउ हुनेपनि कम्पनीको भनाई छ । चार्जर विना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ विषेशताहरु पनि थप्ने तयारी भइरहेको समेत भइरहेको छ । तार विना पनि चार्ज गर्न मिल्ने भएपछि त्यसको प्रयोग धेरै सजिलो हुने र लोकप्रिय पनि हुने देखिएको छ । प्लगबाट चार्ज गर्नुपर्ने मोवाइलहरु चार्जका लागि विद्युतको लाइन भएकै ठाउँमा राख्नु पर्ने बाध्यताले भएका कतिपय कठिनाइ अव हट्ने भएको छ।...
अब घरमै बसेर एन आई सी एशिया बैंकमा खाता खोल्दा आईफोन–१२ जित्ने मौका

अब घरमै बसेर एन आई सी एशिया बैंकमा खाता खोल्दा आईफोन–१२ जित्ने मौका

कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । एन आई सी एशिया बैंकले अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले कोभिड १९ महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्दै दुई वटा अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको हो । २०७८ जेठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको बैंकले जनाएको छ । अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । यस प्रतियोगितामा सहभागी हुनका लागि निम्नलिखित चरणहरु पार गर्नुपर्ने हुन्छ: क. यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूर...
विदेशमा कल गर्दा लाग्ने शुल्कमा एनसेलको शुल्क ६ गुणाले वृद्धि

विदेशमा कल गर्दा लाग्ने शुल्कमा एनसेलको शुल्क ६ गुणाले वृद्धि

कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको नम्बरबाट विभिन्न १८ वटा देशमा लाग्ने शुल्क ६ गुणाले बढेको छ । यी देशका विभिन्न नम्बरमा एनसेलको नम्बरबाट फोन गर्दा ५ रुपैयाँ शुल्क लाग्दै आएकोमा अब ३० रुपैयाँ लाग्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले एनसेलको नम्बरबाट १९ वटा देशमा कल गर्दा लाग्ने शुल्कमा ६ गुणाले वृद्धि गर्दै शुल्क स्वीकृत गरेको हो । एनसेलले अनुमतिपत्र लिने बेलामा यी देशमा कल गर्दा लाग्ने शुल्क कम लिने प्रस्ताव गरेको थियो । अन्य सेवा प्रदायकको तुलनामा आफ्नो शुल्क कम भएको भन्दै एनसेलले शुल्क बढाउन प्राधिकरणलाई पत्र लेखेको बताइएको छ । इटाली, माल्टा, जर्मनी, ताजकिस्तान, जोर्डन, थाइल्यान्ड, लाट्भिया, लेबनान, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्यान्ड, नेदरल्यान्ड्स, बुल्गेरिया, सिरिया र लिथोनिया जस्ता देशमा यसअघि एनसेलको नम्बरबाट फोन गर्दा प्...
अन्तःशुल्क स्टिकरमा क्युआरकोड हुने

अन्तःशुल्क स्टिकरमा क्युआरकोड हुने

कर्पाेरेट, ब्यानर
काठमाडौं । बैंक तथा वित्तीय संस्थालगायत अन्य व्यवसायिक प्रतिष्ठानहरुले प्रयोग गर्दै आएको क्युआरकोड अब अन्तःशुल्कको स्टिकरमा राखिने भएको छ । आगामी आर्थिक वर्षदेखि अन्तःशुल्कमा स्टिकर राख्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका हुन् । नक्कली अन्तःशुल्क स्टिकरको प्रयोगलाई निरुत्साही गर्न सरकारले यस्तो व्यवस्था गरेको हो । अन्तःशुल्क स्टिकरको प्रयोग गर्दा क्युआरकोडको स्क्यान गरी सोको तथ्याँक आन्तरिक राजश्व विभागको स्वचालित प्रणालीमा अभिलेख गर्ने प्रवन्ध मिलाइने बजेटमा उल्लेख गरिएको छ । यस्तै बियर उत्पादन गर्ने उधोगमै फ्लोमिटर राख्ने व्यवस्था मिलाइने भएको छ ।...
अब आइफोनमा पनि भोल्टी चल्ने, कसरी गर्ने एक्टिभ ?

अब आइफोनमा पनि भोल्टी चल्ने, कसरी गर्ने एक्टिभ ?

कर्पाेरेट
काठमाडौं । आईफोनमा नेपाल टेलिकमको भीओएलटीई सेवा उपलब्ध भएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले मंगलबार सामाजिक सञ्जाल मार्फत आईफोनमा उक्त सेवा सुचारू भएको जनाएका हुन् । टेलिकमले नेपालमा पहिलोपटक फोरजी सेवा सार्वजनिक गर्दासमेत आईफोनमा यस्तै समस्या देखिएको थियो । कसरी गर्ने एक्टिभ ? टेलिकमको भीओएलटीई सेवा एक्टिभ गर्नको लागि आफ्नो मोबाइलमा *222# डायल गरी अंक २ थिचेर यो सेवा एक्टिभ गराउन सक्छन् । त्यसपछि आफ्नो मोबाइलको सेटिङमा गएर भीओएलटीई अन गरेर *111# डायल गरी १०० मिनेट भीओएलटीई कल निःशुल्क पाउन सकिन्छ । आईफोनका ग्राहकले भने १४४४ डायल गरी प्राप्त निर्देशनका आधारमा उक्त सेवा एक्टिभ गर्न सक्नेछन् ।...
सीजी कम्युनिकेसन्सद्वारा इन्टरनेट सेवा सुरु

सीजी कम्युनिकेसन्सद्वारा इन्टरनेट सेवा सुरु

कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । चौधरी समूहको सीजी कम्युनिकेसन्सले मंगलबार (.आज) बाट काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने ग्रुपले जानकारी दिएको हो । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गर्दै सीजी कम्युनिकेशनले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपियाँमा उपलब्ध गराउने जानकारी दिएको छ । उपभोक्ताकेन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने सीजीले बताएको छ । ‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यवसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउँछ । निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने कम्पनीले जानकारी दिएको...
रोल्स रोयसद्वारा निर्मित विश्वकै महँगो लक्जरी कार सार्वजनिक

रोल्स रोयसद्वारा निर्मित विश्वकै महँगो लक्जरी कार सार्वजनिक

कर्पाेरेट, विश्व, समाचार
काठमाण्डौ । लक्जरी कार निर्माता चर्चित कम्पनी रोल्स रोयसले विश्वकै सबैभन्दा महँगो कार सार्वजनिक गरेको छ। रोल्स रोयसले विश्वकै महँगो लक्जरी कारको नाम ‘बोट टेल’ राखेको छ। यो कारको मूल्य २० मिलियन पाउन्ड अर्थात ३२८ करोड नेपाली रुपैयाँ रहेको छ। रोल्स रोयसले यो कारलाई ४ वर्षको अथक मेहनतपश्चात तयार गरेको जनाएको छ। रोल्स रोयस बोट टेल चारवटा सिट भएको लक्जरी कार हो । यो १९ फिट लामो रहेको छ। यो पहिलो रोल्स रोयस कार हो, जसलाई लक्जरी कार निर्माताले कोचबिल्ड प्रोग्रामअन्तर्गत निर्माण गरेको छ। स्वेप टेललाई रोल्स रोयसले सन् २०१७ मा लगभग १७२ करोड नेपाली रुपैयाँमा बेचेको थियो। यो कारको केवल एउटामात्रै मोडल लन्च भएको थियो। युरोपका एकजना धनाढ्यको आग्रहमा यो लक्जरी कारको निर्माण गरिएको थियो। रिपोर्टका अनुसार बोट टेल कारको तीनवटा मोडल लन्च गरिनेछ। यो कारको पछाडिपट्टिको भाग एउटा लक्जरी स्पिडबोटसँग मिल्द...
निषेधाज्ञामा बिजुलीको महसुल कसरी तिर्ने ? हेर्नुहोस्

निषेधाज्ञामा बिजुलीको महसुल कसरी तिर्ने ? हेर्नुहोस्

आर्थिक गतिविधि, उपभोक्ता, कर्पाेरेट
काठमाडौं। कोरोना भाईरस (कोभिड-१९) महाव्याधिका कारण मिटर रिडिङका लागि ग्राहकहरुको घरसम्म कर्मचारी पठाउन नसक्ने भएपछि नेपाल विद्युत प्राधिकरणले अब एसएमएसबाटै उपभोक्तालाई बिजुलीको बिल पठाउने भएको छ । यसका लागि प्राधिकरणले नेपाल टेलिकम र एनसेलसँग सम्झौता गरिसकेको जानकारी दिएको हो। कोभिड १९ को संक्रमण फैलनबाट रोक्न सरकारले निषेधाज्ञा जारी गरेका कारण पछिल्लो महिनायता मिटर रिडिङ हुन सकेको छैन। सोही कारण एसएमएसमार्फत बिल पठाउन लागेको हो। प्राधिकरणले कार्यालयबाटै मिटर रिड गरेर एसएमएसमा बिल पठाउने बताएको छ। फिल्डमा नगइकनै कार्यलयबाटै बिलिङ गर्दा प्राधिकरणले गत वर्षको समान महिनाको र यस वर्षको अघिल्लो महिनाको बिल रकमलाई सन्दर्भ मानेर सोही हाराहारीको बिल अहिले पठाउनेछ। सिजन अनुसार विद्युत खपत फरक पर्ने भएकाले प्राधिकरणले यसरी दुई फरक अवधिको बिलिङ रकमलाई सन्दर्भ मान्न खोजेको हो। वास्तविक खपत त्यसभ...
साढे दुई करोड भन्दा बढि जनसङ्ख्याको पहुँचमा इन्टरनेट

साढे दुई करोड भन्दा बढि जनसङ्ख्याको पहुँचमा इन्टरनेट

आर्थिक गतिविधि, कर्पाेरेट, ब्यानर
काठमाडौं । नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पहुँच भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आ. व. २०७७/७८ को आठ महिनाको तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्राधिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । नेपालमा कूल जनसङ्ख्यामध्ये फागुन मसान्तसम्म ८७ दशमलव १९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसङ्ख्या प्रक्षेपणलाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोब...