Tuesday, May 7Nepal News Portal
Shadow

कर्पाेरेट

अरुण ४ बनाउन सतलजसँग सम्झौता

अरुण ४ बनाउन सतलजसँग सम्झौता

ऊर्जा, कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं। संखुवासभास्थित अर्धजलाशययुक्त अरुण–४ जलविद्युत् आयोजना संयुक्त लगानीमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयूक्त उपक्रम सतलज जलविद्युत् निगमबीच सम्झौता भएको छ । नेपालको लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सोमबार (आज) प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रसतलजका अध्यक्ष नन्दलाल शर्माले सम्झौतामा हस्ताक्षर गरेका हुन् । अहिले जडित क्षमता ४९०.२ मेगावाट रहेको यस आयोजनाबाट उत्पादित विद्युत् भारततर्फ निर्यात गर्ने गरी डिजाइन गर्दा क्षमता विस्तार भई ६९५ मेगावाट पुग्ने प्राधिकरणको भनाई छ ।...
भाँडा नतिर्ने केबल टिभीको लाइन काटिदै

भाँडा नतिर्ने केबल टिभीको लाइन काटिदै

ऊर्जा, कर्पाेरेट, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा नतिर्ने केबल टिभीहरुको लाइन आजदेखि काट्न शुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको नयाँ दररेटअनुसार केबल सञ्चालकहरुले सम्झौताबिना नै केबल चलाउने अडान लिएपछि प्राधिकरणले लाइन काट्ने भएको हो । केलब टिभी सञ्चालकले नयाँ दररेटअनुसार सम्झौता गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि प्राधिकरणले आजबाट सांकेतिक रूपमा लाइन काट्ने काम शुरु गर्न लागेको विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताएका छन् ।...
हवाई सुरक्षा सुनिश्चितता गर्न उड्डयन मन्त्रालयमा समिति गठन

हवाई सुरक्षा सुनिश्चितता गर्न उड्डयन मन्त्रालयमा समिति गठन

ऊर्जा, कर्पाेरेट
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई सुरक्षा सुनिश्चितता गर्न देशमा दर्ता भएका सबै जहाजको निरीक्षण गर्ने भएको छ। मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागले गर्दै आएको जहाजहरुको पिरियोडिक मेन्टिनेन्स, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन मापदण्डको पालना, सुरक्षा अडिट लगायतमा सम्परीक्षण गर्न आवश्यक रहेको जनाएको हो। छानबिन गर्दा कुनै पनि वायुसेवा कम्पनीको भौतिक, यान्त्रिक, अभिलेखिय, आइकाओको मापदण्ड पालना नगरेको जहाज उत्पादक कम्पनीको म्यानुअल कार्यान्वयनमा कैफियत पाइएमा उक्त कम्पनीको सेवा संचालन निषेध गरिने जनाइएको छ। मन्त्रालयका अनुसार यस्ता समस्या देखिएका कम्पनीलाई मन्त्रालयको शर्त पूरा नहोउन्जेल ग्राउण्डेड गराइनेछ। सहसचिव बुद्धिसागर लामिछानेको संयोजगत्वमा पाँच सदस्य टोलीसहितको छानविन समिति गठन गर्न प्रधानमन्त्रीस्तरीय निर्णय भएको मन्त्र...
असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

ऊर्जा, कर्पाेरेट, ब्यानर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरूको तार काटिने बताएको छ ।अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउने भन्दै सूचना जारी गरेको हो। आज एक सूचना जारी गर्दै प्राधिकरणले १५ गतेसम्म नयाँ भाडादर अनुसार सम्झौता गर्न अनुरोध गरेको छ । साथै नवीकरण गर्न एवं बाँकी रहेको बक्यौता रकम भुक्तानी तुरून्त गर्न सूचनामार्फत अनुरोध गरेको छ । ‘नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोनरइन्टरनेटरकेवल टिभी सेवा सञ्चालन गर्ने सेवाप्रदायकहरू मध्ये केहीले नियमानुसार सम्झौता नगरी विद्युत संरचना प्रयोग गरिरहेको, केही सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जीपीएस कोअर्डिनेट नक्सा तथा दुरी खुल्ने कागजात समेत पेस नगरी नयाँ सम्झौता नगरेको तथा केही सेवा प्रदायकहरूले परिमार्जित भाडादर भुक्तानी नगरेकोले...
मोटरहेड नयाँ मोडलको मोटरबाइक नेपाली बजारमा

मोटरहेड नयाँ मोडलको मोटरबाइक नेपाली बजारमा

उपभोक्ता, कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । ‘मोटरहेड नयाँ टेक्केन आर २५०’ मोडलको मोटरसाइकल नेपालमा भित्र्याएको छ । एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.को नेपालका लागि आधिकारीक विक्रेता एलजी समूहले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी २५० सिसिको मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीका जनरल मेनेजरका उज्वल जोशीका अनुसार मोटरहेड नयाँ टेक्केन आर २५० मोटरसाइकलको सुरुवाति मूल्य ४ लाख ५ हजार रुपैयाँ पर्ने छ । यो मूल्य केही समयका लागि मात्र कायम गरिएको जोशीले बताए । केही समयपछि उक्त मोटरसाइकलको मूल्य हेरफेर हुने उनले जानकारी दिए । सो मोटरसाइकल दुई रंग र भिन्न ग्राफिक्समा उपलब्ध छ। यो मोटरसाइकलमा रहेको उन्नत इन्जिन, कडा चेसिस र फ्रेमका कारण अफरोडका लागि उत्कृष्ट रहेको दाबी कम्पनीको छ। यसको विशेषताको रुपमा स्टाइलिस हेडलाइट्स, स्लिक इन्डिकेटरसहित इनविल्ड इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायक सिट भएकोले नेपालको...
आईएमईद्वारा दसैँ अफर सार्वजनिक, के छ अफरमा ?

आईएमईद्वारा दसैँ अफर सार्वजनिक, के छ अफरमा ?

कर्पाेरेट, समाचार
काठमाडौं । आइएमईले ‘डबलको डबलको डबल’ अफर सार्वजनिक गरेको दसैँ अफर ल्याएको छ। असोज १ देखि कार्तिक २६ लागू हुनेगरी ५७ दिनका लागि ल्याइएको हो। अफरमा विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। आइएमई पे मा रकम प्राप्त गर्दा २०० रुपैयाँ थप बोनस पाइने कम्पनीले जनाएको छ। अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ...
कर विवरण बुझाउने समय एक साता थप

कर विवरण बुझाउने समय एक साता थप

उपभोक्ता, कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । आन्तरिक राजश्व विभागले कर विवरण बुझाउने समय एक साता थप गरेको छ। करदाताले भदौ २५ गतेभित्र बुझाईसक्नुपर्ने करका साथै खरिद बिक्री खाताको विवरण बुझाउने म्याद भदौ ३१ गतेसम्म थप गरेको हो। विभागले एक सूचना जारी गर्दै विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाताले प्राविधिक कठिनाइको कारणले साउन महिनाको बिक्री खाता र खरिद खाता अपलोड गर्न नसकेकाले समय एक साता थप गरेको बताएको छ । आन्तरिक राजस्व विभागका अनुसार २५ भदौभित्र पनि विवरण बुझाउन नसक्ने करदाताले साउन महिनाको बिक्री तथा खरिद कारोबारको विवरण भदौ ३१ गतेभित्र अनिवार्य रुपमा अपलोड गर्नुसक्ने व्यवस्था गरेको छ । थपिएको अवधिसम्म पनि कर विवरण नबुझाएमा भने तोकिएअनुसार जरिवाना हुने विभागले जनाएको छ । विभागले बिक्री तथा खरिद खाता अपलोड गर्न समस्या भएका करदाताका लागि खाताको नमुनाको नयाँ ढाँचा वेबसाइटमा राखेको छ। विभागले यसअघ...
वर्ल्डलिंकद्वारा तिब्र गतिको इन्टरनेट सेवा सुरु

वर्ल्डलिंकद्वारा तिब्र गतिको इन्टरनेट सेवा सुरु

कर्पाेरेट, प्रमुख समाचार, समाचार
काठमाडौं, २२ भदौ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले एउटा घरका सबै तला र फ्राटमा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्डलिंक फोटोन स्किमअन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको हो । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँने छ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुने छ । फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन । यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १।१ राउटरहरु प्रयोग गरिनेछ । यसले हाल घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउने छ । इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्ने छ । मेष वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा ध...
स्मार्ट टेलिकमले ल्यायो यस्तो सेवा, अब २ मिनेट कलपछि अनलिमिटेड फ्रि, कसरी लिने सेवा ?

स्मार्ट टेलिकमले ल्यायो यस्तो सेवा, अब २ मिनेट कलपछि अनलिमिटेड फ्रि, कसरी लिने सेवा ?

कर्पाेरेट, ब्यानर
काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसनले नेपालमा पहिलो पटक मोबाइल फोन प्रयोगकर्ताहरुका लागि नयाँ सेवा सार्वजनिक गरेको छ । स्मार्ट टेलिकमका ग्राहकले पहिलो २ मिनेट मुल रकमबाट कुराकानी गरेपछि अनलिमिटेड कुराकानी गर्न सकिने सुविधा ल्याएको हो । टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘दुईपछि फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीने छ भने २ मिनेट पछिको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ । स्मार्ट प्र्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् । अब स्मार्ट प्र्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आप्mना प्र्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ । स्मार्टले ...
एक लाख पुरस्कार राशीको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै, कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउँने

एक लाख पुरस्कार राशीको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै, कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउँने

कर्पाेरेट, प्रमुख समाचार
काठमाडौं । डिजिटल प्रविधिको विस्तारले वैकल्पिक सिकाइको क्रम बढिरहँदा कक्षा १२ वा १९ वर्षसम्मका विद्यार्थीहरूको लागि लक्षित ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू भएको छ । माई सेकेण्ड टिचरको मुख्य सहकार्यमा लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा असार ३० गतेसम्म विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् । विद्यार्थीले भविष्यको समृद्ध डिजिटल नेपालको परिकल्पना गर्दै निबन्ध, कविता, लेख वा एनिमेशनमध्ये कुनै एक तयार पारेर प्रतियोगितामा सहभागी हुन सक्नेछन् । असार ३० गतेसम्म प्राप्त विद्यार्थीका रचना (क्रिएशन)लाई छनौट गरी उत्कृष्ट ७ लाई रू. २५ हजारदेखि १ लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । २०७८ भदौ दोस्रो हप्ता विजेता घोषणा गरिने कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । सहभागि हुन इच्छुक विद्यार्थीले माई डिजिटल ...