Sunday, May 19Nepal News Portal
Shadow

कर विवरण बुझाउने समय एक साता थप


काठमाडौं । आन्तरिक राजश्व विभागले कर विवरण बुझाउने समय एक साता थप गरेको छ। करदाताले भदौ २५ गतेभित्र बुझाईसक्नुपर्ने करका साथै खरिद बिक्री खाताको विवरण बुझाउने म्याद भदौ ३१ गतेसम्म थप गरेको हो।

विभागले एक सूचना जारी गर्दै विद्युतीय माध्यमबाट बिजक जारी गर्न अनुमति लिएका करदाताले प्राविधिक कठिनाइको कारणले साउन महिनाको बिक्री खाता र खरिद खाता अपलोड गर्न नसकेकाले समय एक साता थप गरेको बताएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार २५ भदौभित्र पनि विवरण बुझाउन नसक्ने करदाताले साउन महिनाको बिक्री तथा खरिद कारोबारको विवरण भदौ ३१ गतेभित्र अनिवार्य रुपमा अपलोड गर्नुसक्ने व्यवस्था गरेको छ ।

थपिएको अवधिसम्म पनि कर विवरण नबुझाएमा भने तोकिएअनुसार जरिवाना हुने विभागले जनाएको छ । विभागले बिक्री तथा खरिद खाता अपलोड गर्न समस्या भएका करदाताका लागि खाताको नमुनाको नयाँ ढाँचा वेबसाइटमा राखेको छ।

विभागले यसअघि भदौ २५ गतेभित्र खरिद बिक्री खाता बुझाइसक्नु पर्ने व्यवस्था गरेको थियो ।

Total Page Visits: 1452 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्