Sunday, May 19Nepal News Portal
Shadow

नेप्से परिसूचक हालसम्मकै उचाइमा


काठमाडौं, (ससं) । लगातार उकालो लागेको नेप्से परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार (आज) हालसम्मकै उचाईमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक २८.३१ अंकले वृद्धि हुँदा परिसूचक २२६७.७३ विन्दुमा पुगेर हालसम्मकै उचाईको रेकर्ड कायम गरेको हो । गत कारोबारको तुलनामा परिसूचक १.६ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले वृद्धि भएको छ । २०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर ४ अर्ब ९८ करोड २३ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज यो कम्पनीको प्रतिशेयर मूल्य ८२५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खरिद विक्री प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २९ करोड ६ लाख रुपैयाँभन्दा बढीको शेयर खदिर विक्री भएको छ । कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । उद्योग समूहको परिसूचक ०.६१ प्रतिशत घटेको छ । आज सर्वाधिक परिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक २.६७ प्रतिशतले वृद्धि भएको छ ।

Total Page Visits: 543 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्