Sunday, May 19Nepal News Portal
Shadow

गुट चलाएको आरोपमा नेकपा चितवनको कार्यालयमा ओली समूहले ताला लगायो


काठमाडौं, पुस ११ (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ ।

शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएको हो ।

साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको सो्रतले बताएको छ ।

उनीहरुले भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण उल्लेख गरेका छन् ।

चितवनको नेकपा जिल्ला कमिटीमा प्रचण्ड-माधव समूह हाबी छ ।

जिल्लामा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड-माधव समूहले राँके जुलुस र विरोध प्रर्दशन गरेका छन् ।

Total Page Visits: 527 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्