Sunday, May 19Nepal News Portal
Shadow

एक लाख पुरस्कार राशीको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै, कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउँने


काठमाडौं । डिजिटल प्रविधिको विस्तारले वैकल्पिक सिकाइको क्रम बढिरहँदा कक्षा १२ वा १९ वर्षसम्मका विद्यार्थीहरूको लागि लक्षित ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू भएको छ । माई सेकेण्ड टिचरको मुख्य सहकार्यमा लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा असार ३० गतेसम्म विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।

विद्यार्थीले भविष्यको समृद्ध डिजिटल नेपालको परिकल्पना गर्दै निबन्ध, कविता, लेख वा एनिमेशनमध्ये कुनै एक तयार पारेर प्रतियोगितामा सहभागी हुन सक्नेछन् । असार ३० गतेसम्म प्राप्त विद्यार्थीका रचना (क्रिएशन)लाई छनौट गरी उत्कृष्ट ७ लाई रू. २५ हजारदेखि १ लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । २०७८ भदौ दोस्रो हप्ता विजेता घोषणा गरिने कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । सहभागि हुन इच्छुक विद्यार्थीले माई डिजिटल नेपाल डट ओआरजी वेबसाइटमा गएर आफ्नो क्रिएशन बुझाउन सक्नेछन् ।

यस प्रतियोगितामा नेपाल सरकारले सन् २०१९ मा जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कमा आधारित भएर डिजिटलाइजेसनमा भइरहेको सरकारी वा निजी प्रयासहरूलाई आत्मसात् गर्दै विद्यार्थीले भविष्यको कल्पना गर्नेछन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, क्यान महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ (आइसिटी विकास समिति), प्याब्सन लगायतका संस्थाहरूको सहयोग रहेको छ ।

Total Page Visits: 1309 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्