Sunday, May 19Nepal News Portal
Shadow

ओली नेतृत्वको नेकपाको भेला शनिबार काठमाडौंमा हुने


काठमाडौं, पुस १६ (ससं)। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष केपी शर्मा ओलीपक्षको भेला शनिबार काठमाडौंमा हुने भएको छ।
गृहमन्त्री रामबहादुर थापा, प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आएका मन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री गोपालमान श्रेष्ठले पनि भेलालाई सम्बोधन गर्नेछन्।

भेला ओलीपक्षको काठमाडौं जिल्ला कमिटीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने भएको हो।

यसअघि बुधबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा ओलीपक्षको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेला भएको थियो।

भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै प्रतिनिधिसभा पुनस्र्थापना संवैधानिक रूपमा हुने अवस्था नरहेको जिकिर गरेका थिए।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको हो। ताजा जनादेशमा जाने भन्दै प्रधानमन्त्री ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन्।

 

Total Page Visits: 527 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्