Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
हवाई सुरक्षा सुनिश्चितता गर्न उड्डयन मन्त्रालयमा समिति गठन – Udhyognews.com
Tuesday, March 18Nepal News Portal
Shadow

हवाई सुरक्षा सुनिश्चितता गर्न उड्डयन मन्त्रालयमा समिति गठन


काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई सुरक्षा सुनिश्चितता गर्न देशमा दर्ता भएका सबै जहाजको निरीक्षण गर्ने भएको छ।

मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागले गर्दै आएको जहाजहरुको पिरियोडिक मेन्टिनेन्स, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन मापदण्डको पालना, सुरक्षा अडिट लगायतमा सम्परीक्षण गर्न आवश्यक रहेको जनाएको हो।

छानबिन गर्दा कुनै पनि वायुसेवा कम्पनीको भौतिक, यान्त्रिक, अभिलेखिय, आइकाओको मापदण्ड पालना नगरेको जहाज उत्पादक कम्पनीको म्यानुअल कार्यान्वयनमा कैफियत पाइएमा उक्त कम्पनीको सेवा संचालन निषेध गरिने जनाइएको छ। मन्त्रालयका अनुसार यस्ता समस्या देखिएका कम्पनीलाई मन्त्रालयको शर्त पूरा नहोउन्जेल ग्राउण्डेड गराइनेछ।

सहसचिव बुद्धिसागर लामिछानेको संयोजगत्वमा पाँच सदस्य टोलीसहितको छानविन समिति गठन गर्न प्रधानमन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ।

यो सँगै उडान अनुमति पाएका वायुसेवा कम्पनीका चालकदलको सम्बन्धमा स्वीकृत मापदण्डको पालनाको परीक्षण गर्ने मन्त्रालयले जनाएको छ।

सहसचिव लामिछानेको संयोजकत्वमा प्राधिकरणका पूर्व निर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्ण विक्रम क्षेत्री, सिनीयर एटिसी प्रमोद नेपाल, सदस्य सचिव लक्षमण देवकोटा लगायत पाँच सदस्यीय टोली गठन गरिएको हो। मन्त्रालयले समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्