Saturday, May 18Nepal News Portal
Shadow

अरुण ४ बनाउन सतलजसँग सम्झौता


काठमाडौं। संखुवासभास्थित अर्धजलाशययुक्त अरुण–४ जलविद्युत् आयोजना संयुक्त लगानीमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयूक्त उपक्रम सतलज जलविद्युत् निगमबीच सम्झौता भएको छ ।

नेपालको लुम्बिनी भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सोमबार (आज) प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रसतलजका अध्यक्ष नन्दलाल शर्माले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अहिले जडित क्षमता ४९०.२ मेगावाट रहेको यस आयोजनाबाट उत्पादित विद्युत् भारततर्फ निर्यात गर्ने गरी डिजाइन गर्दा क्षमता विस्तार भई ६९५ मेगावाट पुग्ने प्राधिकरणको भनाई छ ।

Total Page Visits: 1266 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्