काठमाडौं । ‘मोटरहेड नयाँ टेक्केन आर २५०’ मोडलको मोटरसाइकल नेपालमा भित्र्याएको छ । एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.को नेपालका लागि आधिकारीक विक्रेता एलजी समूहले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी २५० सिसिको मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीका जनरल मेनेजरका उज्वल जोशीका अनुसार मोटरहेड नयाँ टेक्केन आर २५० मोटरसाइकलको सुरुवाति मूल्य ४ लाख ५ हजार रुपैयाँ पर्ने छ । यो मूल्य केही समयका लागि मात्र कायम गरिएको जोशीले बताए । केही समयपछि उक्त मोटरसाइकलको मूल्य हेरफेर हुने उनले जानकारी दिए ।
सो मोटरसाइकल दुई रंग र भिन्न ग्राफिक्समा उपलब्ध छ। यो मोटरसाइकलमा रहेको उन्नत इन्जिन, कडा चेसिस र फ्रेमका कारण अफरोडका लागि उत्कृष्ट रहेको दाबी कम्पनीको छ।
यसको विशेषताको रुपमा स्टाइलिस हेडलाइट्स, स्लिक इन्डिकेटरसहित इनविल्ड इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायक सिट भएकोले नेपालको युवाहरुले अत्यन्तै मन पराउने विश्वास कम्पनीको छ।
कम्पनीले विगत ५ वर्षदेखि नेपालमा दुईपांग्रे सवारी विक्री गर्दै आएको छ ।