Sunday, May 19Nepal News Portal
Shadow

सिनर्जी पावरले साउन २५ गतेदेखि हकप्रद निष्कासन गर्ने


काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयरमा कम्पनीका सेयरधनीले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदमा साउन १२ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले साउन १२ गते एक दिन बुकक्लोज गरेकोले सो दिनभन्दा अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस प्रदान गरेको छ । यो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सीडीएस एण्ड क्लियरिङबाट निर्माण गरिएको मेरो सेयर वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

Total Page Visits: 139 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्