Monday, May 20Nepal News Portal
Shadow

कोरोना रोकथामका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ, अनिवार्य मास्क नलाए कारबाही


काठमाडौं, (ससं) । कोरोना भाईरस संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रण गर्नका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ ।

शुक्रबार (आज) जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताएका हुन् ।

सार्वजनिक यातायात क्षेत्रमा शुक्रबारदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुन–पानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि पराजुलीले बताएका छन् ।

 

Total Page Visits: 885 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्