Sunday, May 19Nepal News Portal
Shadow

वर्ल्डलिंकद्वारा तिब्र गतिको इन्टरनेट सेवा सुरु


काठमाडौं, २२ भदौ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले एउटा घरका सबै तला र फ्राटमा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्डलिंक फोटोन स्किमअन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको हो । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँने छ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुने छ ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन । यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १।१ राउटरहरु प्रयोग गरिनेछ । यसले हाल घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउने छ ।

इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्ने छ । मेष वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुन्छ । मेष वाईफाईमा सबै राउटरहरु एक अर्कासंग जोडिएका हुन्छन् । त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाई सार्न सकिने कम्पनीले जनाएको छ ।

 

Total Page Visits: 645 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्