काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा नतिर्ने केबल टिभीहरुको लाइन आजदेखि काट्न शुरु गर्ने भएको छ । सरकारले निर्धारण गरेको नयाँ दररेटअनुसार केबल सञ्चालकहरुले सम्झौताबिना नै केबल चलाउने अडान लिएपछि प्राधिकरणले लाइन काट्ने भएको हो ।
केलब टिभी सञ्चालकले नयाँ दररेटअनुसार सम्झौता गर्न गरेको आग्रहलाई बेवास्ता गरेपछि प्राधिकरणले आजबाट सांकेतिक रूपमा लाइन काट्ने काम शुरु गर्न लागेको विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताएका छन् ।