Sunday, May 19Nepal News Portal
Shadow

असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरूको तार काटिने बताएको छ ।अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउने भन्दै सूचना जारी गरेको हो।

आज एक सूचना जारी गर्दै प्राधिकरणले १५ गतेसम्म नयाँ भाडादर अनुसार सम्झौता गर्न अनुरोध गरेको छ । साथै नवीकरण गर्न एवं बाँकी रहेको बक्यौता रकम भुक्तानी तुरून्त गर्न सूचनामार्फत अनुरोध गरेको छ ।

‘नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोनरइन्टरनेटरकेवल टिभी सेवा सञ्चालन गर्ने सेवाप्रदायकहरू मध्ये केहीले नियमानुसार सम्झौता नगरी विद्युत संरचना प्रयोग गरिरहेको, केही सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जीपीएस कोअर्डिनेट नक्सा तथा दुरी खुल्ने कागजात समेत पेस नगरी नयाँ सम्झौता नगरेको तथा केही सेवा प्रदायकहरूले परिमार्जित भाडादर भुक्तानी नगरेकोले मिति २०७८ असोज १५ गतेभित्र नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न तथा हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नुहुन पुनः सूचना प्रकाशित गरिएको छ ।’ ‘नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्नुरनगराउनु हुन यसअघि नै पटक पटक सूचित गरिसकिएको छ ।’विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ ।

Total Page Visits: 718 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्