Sunday, May 19Nepal News Portal
Shadow

मोरङ उद्योग व्यापार संघमा नयाँ नेतृत्व चयन



काठमाडौं । मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ) मा नयाँ नेतृत्व चयन भएको छ । निर्विरोध रुपमा ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचन पछि सोमबार बसेको कार्यसमिति सदस्यहरुको बैठकले पदाधिकारी चयन गरेको हो ।

जस अन्संसुअर घको ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा बिकास कुमार बेगवानी, महासचिवमा संजय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारदा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दिपेश सुवेदी चयन भएका छन् ।

त्यसका अतिरिक्त, ३४औँ कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गर्नुका साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुती शर्मालाई मनोनयन गरेको छ ।

Total Page Visits: 50 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्