Sunday, May 19Nepal News Portal
Shadow

यस्तो छ मौसम पूर्वानुमान


काठमाडौं । आइतबार प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम हल्का पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम पर्ने सम्भावना रहेको छ । यस्तै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । यस्तै प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।

Total Page Visits: 375 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्