Sunday, May 19Nepal News Portal
Shadow

निजी क्षेत्रलाई कर्जा दुरूपयोगको दोष नलगाउन अध्यक्ष ढकालले गरे आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई कर्जा दुरूपयोगको दोष नलगाउन सरकार तथा सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्।

कर्जा विस्तारको तुलनामा आर्थिक वृद्धि कम हुनुको एउटा कारण कर्जा सोही प्रयोग नहुनु हो भन्ने सरोकारवालाको टिप्पणीमा जवाफ दिँदै अध्यक्ष ढकालले निजी क्षेत्रलाई मात्र दोष दिन नमिल्ने बताए।

’सबै क्षेत्रबाट कमी–कमजोरी भएको हो। सबै मिलेर समस्या समाधान गर्न आवश्यक छ,’ महासंघको वर्तमान कार्यकारिणी समितिले सय दिन पूरा गरेको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले भने, हालको अवस्थामा समस्यामा रहेका व्यवसायीलाई मात्र सरकारले दोष लगाउन मिल्दैन।

निजी क्षेत्रलाई आफ्नो ऋण व्यवस्थापन निम्ति समय दिन आवश्यक भएको अध्यक्ष ढकालले बताएका छन्।

Total Page Visits: 124 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्