Sunday, May 19Nepal News Portal
Shadow

गुगलका कर्मचारी हप्तामा ३ दिन अफिस जाँदा हुने


काठमाडौं । इन्टरनेट जाएन्ट गुगलका कर्मचारीलाई एक हप्तामा ३ दिन अफिस गएर काम गर्न भनिएको छ । गुगलका सिइओ सुन्दर पिचाईले आफ्ना कर्मचारीहरुलाई इमेल पठाउँदै अमेरिकामा लकडाउन खुकुलो हुँदै गर्दा कर्मचारीहरुले हप्तामा ३ दिन अफिसमा गएर काम गर्न प्रोत्साहित गरेका छन् ।

गुगलले आफ्नो कार्यालय गत अप्रिलदेखि नै आंशिक रूपमा खोल्न सुरु गरेको थियो । आगामी दिनमा कर्मचारीहरुलाई घर र कार्यालय दुबैबाट कसरी काम गराउने भन्ने विषयमा विस्तृत खाका बनाएको छ । कर्मचारीहरुलाई पठाएको इमेलमा पिचाईले अफिसमै ससरीर उपस्थित भएर काम गर्नुका फाइदाहरुको बारेमा समेत उल्लेख गरेका छन् ।

ट्वीटरले भने आफ्ना कर्मचारीहरुलाई स्थायी रुपमै घरबाट काम गर्न पाउने निर्णय गरेको र फेसबुकले समेत कर्मचारीहरुले घरबाटै काम गर्ने नियमलाई निरन्तरता दिएको अवस्थामा गुगलले चाहीँ आफ्ना कर्मचारीहरुलाई क्रमिक रुपमा कार्यालयमै उपस्थित गराउने योजना बनाएको हो ।

जबकि गत वर्ष कोरोना भाइरसको महामारी बढेसँगै गुगलले नै सबैभन्दा पहिले कर्मचारीहरुलाई घरबाटै काम गर्न पाउने सुविधा प्रदान गरेको थियो । गुगलले अहिले तय गरेको नयाँ व्यवस्था अनुसार अब चार हप्ताभन्दा धेरै समय लगातार कार्यालयभन्दा बाहिरबाटै काम गर्नुपरेमा कार्यालयमा निवेदन दिनुपर्ने सञ्चारमाध्यममा खबर छ ।

Total Page Visits: 1201 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्