Tuesday, May 7Nepal News Portal
Shadow

एनसेलको प्रायोजनमा दरबारमार्गमा सडक महोत्सव हुँदै


काठमाडौं । नयाँ वर्षको अवसरमा आगामी वैशाख २ गते (शनिबार) काठमाडौंको दरबारमार्गमा एनसेलको प्रायोजनमा ‘पर्पल स्याटर्डे: १६औँ दरबारमार्ग सडक महोत्सव’ आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले एनसेलसँगको मुख्य प्रायोजनमा महोत्सव आयोजना गर्न लागेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत महोत्सवको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा एनसेलका सीईओ एन्डी चोङले, दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जित तुलाधर, रेबानका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्का सहसभापति अरनिको राजभण्डारी, नेपाल उद्योग वाणिज्य महासंघको व्यापार मेला समितिका सभापति नरेन्द्रकुमार खड्का, रेबानका वरिष्ठ उपाध्यक्ष संघर्ष विष्ट, रेबानका महासचिव टेकनाथ अधिकारीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै एनसेलका सीईओ एन्डी चोङले महोत्सवको आयोजनामा उद्योग वाणिज्य महासंघ र रेबानसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले महोत्सव रमाइलोका लागि मात्रै नभएर नेपाली संस्कृतिको प्रबर्द्धन एवं पर्यटन क्षेत्रदेखि अर्थतन्त्रलाई योगदान दिनका लागि भएको बताए ।

रेबानका उपाध्यक्ष संघर्ष विष्टले लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्न महोत्सव आयोजना गर्न लागेको बताएका छन् । आन्तरिक पर्यटनलाई प्रबर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउन र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रबर्द्धन गर्ने महोत्सवको मुल उद्देश्य रहेको उनको भनाइ छ ।

काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ वैशाख २ तगे शनिबार बिहान ११ः३० बजे हुनेछ । गीत संगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरूसहित महोत्सव बेलुका ८ः३० बजेसम्म चल्नेछ ।

महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समूहहरूको प्रस्तुति रहनेछ । कलाकारहरू दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्ती मुनि, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्ट्स आदिले आ–आफना प्रस्तुति राख्नेछन् ।

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रर्दशनीमा रहने आयोजकले बताएको छ ।

विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विषेश प्रदर्शन तथा प्रस्तुतिका स्टलहरू रहनेछन् । साथै बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवको विशेष आकर्षण हुनेछ ।

महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह– प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडिज आइसक्रिम र केएफसी रहेका छन् ।

Total Page Visits: 163 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्