Sunday, May 19Nepal News Portal
Shadow

विहिबार सर्वाधिक मूल्यको शेयर कारोबार हुने ४ कम्पनी


काठमाडौं । विहिवार (आज) नेपाल पुनर्वीमा कम्पनीको शेयर कारोबार सबैभन्दा बढि भएको छ । यो कम्पनीको आज १ अर्ब २ करोड ७० लाख भन्दा बढि मूल्यको शेयर कारोबार भएको छ । यो कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता १ हजार ७६५ कायम भएको थियो ।
त्यस्तै आज छिमेक लघुवित्त विकास बैंकको ६८ करोड १६ लाख भन्दा बढी रुपैयाँको शेयर कारोबार भएको छ । यसको शेयर मूल्यआज प्रतिकित्ता १ हजार ७८४ कायम भएको थियो । लुम्विनी विकास बैकको ३५ करोड ५लाख भन्दा बढी रुपैयाको शेयर खरिद विक्री भएको छ । यको शेयर मूल्य प्रतिकित्ता ४९६ कायम भएको थियो । नेपाल बङ्गलादेश बैंकको ३३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसको शेयर मूल्य प्रतिकित्ता ३९७ कायम भएको थियो ।

Total Page Visits: 477 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्