Saturday, April 27Nepal News Portal
Shadow

साउन १२ गते शुक्रबारको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रेममा मनमुटाव र शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ । प्राविधिक कामबाट सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ने देखिन्छ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कामको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्मकर्ममा मन लाग्नेछ । आँटेको कार्य पुरा होला । आकस्मिक धन लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भाग्यले साथ दिने देखिन्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने समय आएको छ । सफल र रमाइलो यात्राको योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
छोटो दुरीको लाभदायक यात्रा हुने योग छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । साथ सहयोग पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमिबाट लाभ रहने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु देखिन्छ । घरायसी वातावरणमा केही मनमुटाब हुने देखिन्छ । यात्रामा सावधानी अपनाउनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धन लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
भाग्यले अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुने देखिन्छ । शिक्षामा सफलता पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यात्रा गर्दा सचेत हुनुपर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । आर्थिक लाभ मिल्नेछ ।

राशिफलमा जे जस्तो लेखिएको भए पनि आफ्नो कर्ममा विश्वास गर्नहोला । आफ्नो कामलाई निरन्तर अगाडि बढाउनु होला । सकारात्मक सोच राख्नु होला । सफलताको सूचक सकरात्मक सोच हो ।

Total Page Visits: 111 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्