Friday, May 10Nepal News Portal
Shadow

नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक जारी


काठमाडौं , (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) प्रचण्ड-माधव समूहको सचिवालय बैठक अहिले जारी रहेको छ । बैठक संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा आगामी रणनीति बनाइने एक नेताले बताएका छन् । संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताएका हुन् ।
अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी सँग आग्रह गरेका छन् । विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् ।

सर्वोच्च अदालतले गएको ११ फागुनमा संसद् पुनर्स्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि सरकारले २३ फागुनमा बैठक बोलाएको छ ।

Total Page Visits: 529 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्