Friday, May 10Nepal News Portal
Shadow

नेप्से परिसूचक २०८७.२७ विन्दुमा, ५ अर्ब ७० करोड बढीको शेयर कारोबार


काठमाडौं, १६ पुस (ससं) । बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक २५.२१ अंक वृद्धि भई २०८७.२७ विन्दुमा रोकिएको हो ।

त्यस्तै २०७ कम्पनीको १ करोड १४ लाख ६४ हजार २०० कित्ता शेयर ५ अर्ब ७० करोड ३४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ६ हजार २८१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक मूल्यको शेयर खदिर विक्री हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यो कम्पनीको ४६ करोड ८८ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ५ हजार २८० रुपैयाँ कायम भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य १७ रुपैयाँ घटेको छ । यो बैैंकको प्रतिशेयर मूल्य ४३३ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये निर्जीवन बीमा समूहको परिसूचक १.०१ प्रतिशत घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य उद्योग समूहको ८.८९ प्रतिशत भएको छ ।

Total Page Visits: 492 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्