Monday, November 3Nepal News Portal
Shadow

निफ्राको १० लाख कित्ता शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन


 

काठमाडौं । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक शेयरमा खरिद आवेदन दिने आज असार १७ गते अन्तिम दिन रहेको छ।

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता शेयर असार १० गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बिक्रीमा राखिएको निफ्राको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र एनआईसी एसिया बैंकको काठमाडौं थापाथलीस्थित कर्पोरेट कार्यालयका साथै शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत तथा काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्न सक्नेछन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्